नागरिकको फोन गुप्तचरीमा कटौती एजेन्सी

0 4
वासिङटन : अमेरिकी राष्ट्रिय सुरक्षा संस्था (एनएसए) का पूर्वकर्मचारी एडवर्ड स्नोडेनलेले सार्वजनिक गरेको र फोन रेकर्ड संकलन गर्ने एनएसएको अधिकार कटौती भएको छ।
रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार रान्ड पलका रोकावटका कारण उक्त अधिकार मध्यरातदेखि अन्त्य भएको हो।
यसो भए पनि उक्त कार्यक्रम तथा सन् २००१ को सेप्टेम्बर ११ पछि लागू भएका र विपक्षीहरूले अवैधानिक तथा अमेरिकी नागरिकको गोपनीयता उल्लंघन गर्ने भनिएका आतंक नियन्त्रण उपाय केही दिनमै पुन: स्थापना हुने देखिएको छ। यससम्बन्धी विधेयक प्रतिनिधिसभामा भने पारित भएको छ।
उक्त कानुन छोटो समयका लागि खारेज भए पनि त्यसले अमेरिकी सुरक्षालाई जोखिममा पार्ने गुप्तचर अधिकारीहरूले बताएका छन्। सिनेटर पलको क्रियाकलापले रिपब्लिकनहरूलाई क्रुद्ध बनाएको छ।
पलले सिनेटमा बोल्न थालेपछि उनीहरू सामूहिक रूपमा सभाकक्षबाट बाहिरिएका थिए। अर्कोतिर नागरिक स्वतन्त्रताका पक्षपाती समूहले पलले कार्यक्रम अन्त्य गर्न खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
अन्य उपाय नदेखेपछि रिपब्लिकनका तर्फबाट बहुमतका नेता मिच म्याकोनेलले उक्त अमेरिकी स्वतन्त्रता कानुनलाई अगाडि बढाए। त्यसको पक्षमा सिनेटमा ७७ मत तथा विपक्षमा १७ मत परेको थियो।
ह्वाइट हाउसले उक्त विधेयकलाई समर्थन गरेको छ र त्यहाँका प्रेस सचिव जोस अर्नेस्टले ढिलै भए पनि सिनेटले महत्त्वपूर्ण कदम बताए।
पलले सिनेटको कानुनअनुसार आफ्नो विशेषाधिकार प्रयोग गरी अन्तिम काम हुन नदिएपछि उक्त विधेयकमा अन्तिम मतदान केही दिन ढिलो हुने भएको छ। यसबीच उक्त कानुन लागू हुने मध्यरातको अन्तिम समय आइपुगेको छ।
सिनेटर जन म्याकेनले पलले आफ्नो कोष उठाउने चाहना मुलुकको सुरक्षाभन्दा माथि राखेको गुनासो गरे।
यसका साथमा व्यापक रूपमा फोनको रेकर्ड संकलन गर्ने अधिकार दिने पिट्रियट ऐन पनि मध्यरातदेखि अन्त्य भएको छ।
संसद्को विधेयकमा यी दुई प्रावधानलाई यथावत् राखिएको छ भने व्यापक रूपमा रेकर्ड संकलन गर्ने कार्यक्रम भने ६ महिनाको संक्रमण अवधिपछि फोन कम्पनीले राखेको रेकर्ड हेर्न अदालतले अधिकार दिनुपर्ने व्यवस्था गर्न खोजिएको छ।
यसैगरी एफबिआईलाई राष्ट्रिय सुरक्षा अनुसन्धानका लागि पिट्रियट ऐनअनुसार होटेल, यातायात, क्रेडिट कार्ड, बैंक तथा अन्य रेकर्ड प्रयोग गर्न दिइएको अधिकार कायम गरिएको छ।
कानुन पालना गर्ने अधिकारीले यी व्यावसायिक रेकर्ड व्यापक रूपमा फोन रेकर्ड संकलन गर्ने कार्यभन्दा बढी महत्त्वपूर्ण मानेका छन्। यस्तो रेकर्ड प्राप्त गर्ने अधिकार अन्त्य भए पनि निरन्तर रहेको अनुसन्धानमा यस्तो कार्य गर्न दिइने व्यवस्था छ।
फोनको रेकर्ड संकलन गर्ने कार्य पुन: आरम्भ गर्न एक दिन लाग्नेछ। सिआइएका निर्देशक जन ब्रेननले छोटो समयका लागि पनि यस्तो कार्य रोकिए अमेरिका कम सुरक्षित हुने बताएका छन