धसिएको जहाजलाई हातले धकेलेर हटाइयो ( फोटो फिचर)

0 4
पोखरा : मुस्ताङको जोमसोमबाट पोखरा उडेको गोमा एयरको जहाज अवतरणका क्रममा धावनमार्गमा धसिएर ठूलो दुर्घटना त भएन तर धसिएको विमानलाई हटाउन निकै सकस भयो।
विमानलाई तान्ने क्रेन तथा अन्य उपकरण नभएपछि जहाज धकेल्नका लागि सेना, प्रहरी, शसस्त्र र विमानस्थलका कर्मचारीको ठूलै भीड लाग्यो धावनमार्गमा।  सुरक्षाकर्मी र विमानस्थल कर्मचारीले हातले धकेलेर जहाजलाई सुरक्षित स्थानमा पुर्‍याउन दुई घन्टा लाग्यो।

दुईघन्टासम्म विमानस्थल पुरै बन्द भयो। धसिएको विमानलाई हटाएपछि मात्र पोखरा विमानस्थल सुचारु भएको थियो। विमास्थल कार्यलय प्रमुख दीपक बरालले सुरक्षाकर्मी र कर्मचारी मिलेर जहाज हटाउनु परेको बताए।
मुस्ताङको जोमसोम विमानस्थलबाट चालकदलका सदस्यसहित १८ यात्रु बोकेर आएको जहाज सबा ७ बजे अबतरण गर्न लाग्दा अगाडिको पांग्रा नखुलेपछि विमान आवाजसहित रन वेमा धसिएको थियो।  विमानका सबै यात्रु सुरक्षित छन्।

-source :annapurnapost