सोमबार काठमाडौंमा पछिल्लो तीन वर्षकै उच्च गर्मी :तापक्रम ३३.५ डिग्री सेल्सियस मापन

June 01 2015 15:58

१८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि बढेको गर्मीको पारो सोमबार दिउँसो पछिल्लो तीन वर्षकै उच्च विन्दुमा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौंको तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ । यो पछिल्लो तीन वर्षकै उच्च तापक्रम हो ।

विभाग मौसमविद् शान्ति कँडेलले अनलाइनखबरसँग भने-‘यो ‘यो अहिलेसम्म वर्षकै उच्च तापक्रम मापन भएको छ । तर, यसलाई अस्वभाविक रुपमा लिनुहुँदैन ।’

tempeture

गत वर्ष काठमाडौंको उच्च तापक्रम मे २१ मा ३३.२ थियो । यो वर्ष जुनको पहिलो दिन नै ३३.५ पुगेको छ । अपि्रल, मे र जुनमा बढी गर्मी हुन्छ ।

यसअघि गत जेठ ९ गते शनिबार र १७ गते आइतबार काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको थियो । मनसुन सुरु नभएसम्म गर्मी कायमै रहनेछ । समान्यतया मनसुन जुन १० आसपासमा सुरु हुन्छ ।

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार २०१२ जुन १३ मा काठमाडौंको तापक्रम ३५.२ डिग्री सेल्सियस पुगेको थियो । त्यसपछि सोमबार उच्च विन्दुमा पुगेको छ ।

काठमाडौंमा अहिलेसम्मकै अधिकतम तापक्रम भने १९८९ मा ३६.६ डिग्री सेल्सियस मापन भएको छ ।

– Source: OnlineKhabar

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top