साउदी नेतृत्वको सेनाले गरेको हवाई कारबाहीमा आठ मारिए

0 3
साना: यमनको साना सहरमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिक मारिएको जनाइएको छ ।
सानाको पूर्वी क्षेत्रमा सोमबार सो आक्रमण भएको थियो । उक्त आक्रमणमा परी अरु कम्तीमा पनि २० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
उक्त हवाई टोलीले यमनको राजधानी वरपर पनि आइतबार आक्रमण गरेको थियो । सो आक्रमणमा पनि केही नागरिक घाइते भएका थिए ।
पूर्वी सानाको माउन्ट मोकुममा आधारित रहेर गरिएको सो हमलाका कारण उक्त क्षेत्रका स्थानीय नागरिक नै मारिएका छन् ।