मिनी ट्रकको ठक्‍करबाट युवकको ज्‍यान गयो

0 5
तनहुँट: मिनी ट्रकले ठक्‍कर दिंदा आइतबार राती तनहुँको आँबुखैरेनी ४ ढाबटारमा एक युवकको ज्‍यान गएको छ। मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३४९७ नम्बरको मिनी ट्रकले ठक्कर दिएका अन्दाजी २१ वर्षका ती पैदलयात्री युवकको घटनास्थलमै ज्यान गएको हो।
मध्यरातमा भएको दुर्घटनामा परी ज्यान गुमाएका युवकको परिचय खुल्न सकेको छैन। उनको शवलाई पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न सवारी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।