धराप संरचना हटाउँदै कांग्रेस कार्यकर्ता (फोटो फिचर)

0 4
काठमाडौं : भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको लप्सीफेदी र नाङलेभारेमा रहेको धराप संरचनालाई कांग्रेस कार्यकर्ताले हटाएका छन् । काठमाडौं क्षेत्र नम्बर २ ले गरेको अभियानमा तरुण दल, नेविसंघ, महिला संघ लगायत कांग्रेसका भातृ संस्थाका कार्यकर्ता सहभागी थिए ।

अभियानको चौथो दिन सो क्षेत्रका भत्किएका र धराप बनेका ३० घरबाट सामान निकालेर सम्वन्धित व्यक्तिको जिम्मा लगाएका छन् ।

‘भूकम्पले धराप बनेका र पल्टिएका घर पूर्णरुपमा हटाइएको छ’, कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्कीले अन्नपूर्णसँग भने, ‘हामीले दोस्रो चरणको कार्यक्रमअन्तर्गत संरचना हटाएका हौं ।’

त्यसक्षेत्रमा गत बैशाख १२ र त्यसपछिका भूकम्पले अधिकांश घर ध्वस्त भएका छन । कांग्रेसको सक्रियतामा त्यस क्षेत्रका धराप संरचना हटाइएको छ । यसअघि कांग्रेसको क्षेत्र नम्बर २ कै सक्रियतामा राहत बाँडिएको थियो ।

-Source: Annapurna Post