संविधानसभा बैठक भोलि पनि स्थगित हुने

0 5
काठमाडौँ : भोलि आइतबारका लागि डाकिएको संविधानसभाको बैठक पुनः स्थगन हुने भएको छ ।
भोलिको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन हुने सम्भावना बढेर गएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।
‘संविधानसभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दल र सभासद्ले भोलिको लागि तोकिएको बैठक सार्न सुझाव दिएपनि त्यससम्बन्धी निर्णय भने भइनसकेको छैन’,उनले भने ।
संविधानसभा सचिवालयले भोलि कार्यालय खुल्नासाथ त्यससम्बन्धी सूचना प्रकाशित गर्ने बताइएको छ ।