फेसबुकको एउटा स्टाटसले जेलको बास

0 7
दुबई: फेसबुकको एउटा स्टाटसले एक व्यक्तिलार्इ जेलमा पुर्याएको छ । र्इश्वरको निन्दा गर्दै फेसबुकमा स्टाटस लेखेको अभियोगमा दुबर्इमा एक व्यक्तिलार्इ एक वर्षको जेल सजाय भएको हो ।

ईश्वरको निन्दा गर्दै फेसबुकमा स्टाटस लेखेकोमा दोषी ठहर गर्दै भारतीय युवालार्इ दुबर्इको अदालतले एक वर्ष जेल सजाय सुनाएको हो।

ती ४१ वर्षीय एक भारतीयलार्इ सजाय तोकिएपछि संयुक्त अरब इमिरेट्सलार्इ सुपुर्दगी गरिएको छ । उनले आर्इफोनबाट फेसबुक र ह्वाट्स एपमा र्इश्वरको निन्दा गरेको स्टाटसको तस्बिर दुबर्इ पुलिसले फेला पारेपछि कारबाहीमा परेका हुन् ।

दुबईको अदालतले ती भारतीयलार्इ ईश्वरको निन्दा गरी स्टाटसमा दोषी ठहर्‍यापछि पैसा कमाउन गएका उनी जेलको हावा खान पुगेका हुन् ।

गल्फ न्युजमा प्रकाशित समाचार अनुसार इराक युद्धबारेको समाचार पढेपछि उनले र्इश्वरको निन्दा गर्दै दुबर्इमा सेल्स म्यानका रुपमा कार्यरत उनले फेसबुक र ह्वाट्स एपमा स्टाटस पोस्ट गरेका थिए ।

जेल सजाय सुनाइएका ती भारतीयको नाम खुलाइएको छैन । तर उनले भने आफूलार्इ निर्दोष बताएका छन् ।

प्रहरीले उनले चलाएको आर्इ फोन समेत बरामद गरेको जनाएको छ । बरामद गरिएको आर्इ फोन प्राविधिक ल्याबमा परीक्षण गर्दा उनैको भएको पत्ता लागेको थियो

गल्फ न्युजको समाचार अनुसार पिठासीन न्यायाधीश इज्जत अब्दुल ल्यातले बताए अनुसार जेलको सजाय पुरा भएपछि उनलार्इ भारत फर्काइने छ । यो सजायविरुद्ध उनले १५ दिनभित्रमा उच्च अदालतमा चुनौती दिन भने पाउनेछन् ।