नरेन्‍द्र मोदीसँगै भारतका बरिष्ठ कर्मचारीले बिहान सबेरै योगा गर्नुपर्ने

May 30 2015 12:40
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि उच्चपदस्थ कर्मचारी दिउँसोको खानाका लागि लामो समयसम्म कार्यालयमा अनुपस्थित हुने अवस्था तथा उनीहरूको गल्फ क्लबको सदस्यता हटाइसकेका छन्।
योगी भनी ख्याति प्राप्त गरेका प्रधानमन्त्री मोदीले अब ती कर्मचारीलाई उनीहरूको शरीर तन्दुरुस्त राख्न आफूसँगै बिहान सबेरै शारीरिक अभ्यास गराउन चाहेका छन्।
प्रधामन्त्री मोदीले आउँदो महिना भारतीय प्राचीन शारीरिक अभ्यासको अन्तर्राष्ट्रिय दिवस मनाउँदा उनको नेतृत्वमा आम योगाभ्यासमा सरिक हुन भनी वरिष्ठ सरकारी कर्मचारीहरूले पत्र प्राप्त गरेका छन् ।
प्रधानमन्त्री मोदी योगाभ्यासकर्ता हुन् र उनले जुन २१ मा नयाँ दिल्लीको केन्द्रमा बिहान ७‍.०० बजे खुला रूपमा योगाभ्यास गर्ने कार्यक्रम छ भने र ३५ हजार व्यक्तिले उहाँलाई यस अभ्यासमा साथ दिने अनुमान गरिएको छ ।
एक वरिष्ठ अधिकारीले आफ्नो परिचय नदिने सर्तमा प्रधानमन्त्री मोदीले उक्त दिन ३५ मिनेटसम्म योगाभ्यास प्रदर्शनको नेतृत्व गर्ने बताए ।
यी अधिकारीले योग हेर्ने मन्त्रालयले सरकारी अधिकारीहरूलाई उक्त दिन गरिने योगासन सही रूपमा गर्न सहयोग गर्न डीभीडी तथा पुस्तिका पठाएको बताए ।
यी अधिकारीले सरकारी अधिकारीले प्रत्येक दिन १५ देखि २० मिनेटसम्म यस्तो योगाभ्यास गरे उनीहरू उक्त दिनका लागि तयार हुने बताए ।
उनले यो सरकारी अधिकारी आफैँका लागि फाइदाको कुरा भएको र यो राम्रो अनुभव हुने बताए ।
संयुक्त राष्ट्र सङ्घले गत वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको छ। यससम्बन्धी प्रस्ताव भारतीय प्रधानमन्त्री मोदीले नै राखेका थिए।
शाकाहारी प्रधानमन्त्री मोदी दैनिक रूपमा योगाभ्यास गर्छन् र उनले संयुक्त राष्ट्र सङ्घको निर्णयबाट गौरवान्वित भएको बताएका थिए। उनी दैनिक रूपमा निकै घण्टा काम गर्छन् र निकै कम सुत्छन् र यो क्षमता उनले योगबाटै प्राप्त गरेको  मानिएको छ ।
एक वर्ष अगाडि शासनमा आएका प्रधानमन्त्री मोदीले अप्रभावकारी भनिएको भारतीय कर्मचारीतन्त्रलाई नियन्त्रण गर्न थालेका थिए।
मोदीले दिल्लीको सबैभन्दा पुरानो र सम्मानित गल्फ क्लबले सरकारी कर्मचारीलाई दिएको सदस्यता खारेज गरेका छन् भने उनीहरूलाई समयमै काम गर्न दबाब परेको छ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top