बालकोटको ‘गोप्य’ पछि बालुवाटारमा शीर्ष बैठक

0 2
काठमाडौं : विनाशकारी भूकम्पपछिको विपद् व्यवस्थापन र राष्ट्रिय सरकार गठनका विषयमा छलफल गर्न शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य दलका नेताहरुको शीर्ष बैठक बसेको छ।
बैठकमा प्रधानमन्त्री सुशील कोइरालालगायत कांग्रेसका नेताहरु, एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरु, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईलगायतका नेताहरु र मधेसवादी दलका नेताहरु सहभागी छन्।
बालुवाटारको बैठकअघि एमाओवादी अध्यक्ष प्रचण्ड र नेता भट्टराई ओली निवास बोलकोट पुगेर छोटो वार्ता गरेका थिए। बालुवाटार बैठकमा ओलीको नेतृत्वमा राष्ट्रिय बनाउने र त्यसका लागि कांग्रेस नेतृत्वलाई कसरी मनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो।
आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने सुशील कोइरालाको प्रस्तावलाई कांग्रेस एमालेले अस्वीकार गरिसकेका छन् । एमाओवादी नेतृत्वले पनि ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिसकेको छ। यही विषयमा बालुवाटार बैठक केन्द्रित रहने स्रोतले बतायो ।