एसएसपीलाई गोली हान्नेलाई माफी सिफारिस

0 3

काठमाडौं, जेठ १५ – गणतन्त्र दिवसका अवसरमा सरकारले माफी दिन सिफारिस गरेकाको सूचीमा तत्कालीन एसएसपी रणबहादुर चन्दलाई गोली हान्ने उनका अंगरक्षक करणसिंह साउद पनि परेका छन् । चन्द महानगरीय अपराध महाशाखाका प्रमुख हुँदा उनलाई साउदले घरमै गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए । काठमाडौं जिल्ला अदालतले २०६८ चैत २१ गते साउदविरुद्द ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्षको कैद साजय सुनाएको थियो । गृहमन्त्रालयले धेरैजसो चोरी, डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, नकवजनी, चोरी र सवारी ज्यान मुद्दाका कैदीलाई बाँकी सजाय माफी दिन सिफारिस गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । – See more at: http://www.ratopati.com/2015/05/29/236721.html#sthash.NgBHTtBm.dpuf