२५ हजार घरमा निःशुल्क सौर्य उर्जा

0 4

काठमाडौं,जेठ १५ – वैकल्पिक उर्जा प्रवर्दन केन्द्रले भुइँचालोबाट ध्वस्त भएका २५ हजार घरधुरीका लागि तत्काल निःशुल्क सौर्य उर्जा जडान गरिदिने भएको छ । सिन्धुपाल्चोक,दोलखा, नुवाकोटलगायत जिल्लालाई लक्षित गरी उक्त परिमाणका सौर्य उर्जाका पाता जडान गर्न लागिएको हो । प्रभावित जिल्लाका १२ हजार परिवारका लागि सोलार जडान गर्ने विषयमा निर्णय भइसकेको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए । ‘थप १३ हजार घरधुरीका लागि सोलार जडान गर्ने विषयमा निर्णय हुन बाँकी छ,’ उनले भने,‘निःशुल्क सोलार पाता जडानका साथै बायोग्यास र सुधारिएको चुलोसमेत निःशुल्क जडान गरिदिने गरी काम सुरु भएको छ ।’ केन्द्रले भूकम्प पीडित ९ हजार ५ सय परिवारका लागि सुधारिएको चुलो र ५ सय बायोग्यास तत्काल जडान गरिदिने पनि धितालले बताए, आजको नागरिक दैनिकमा खबर छ ।