यसरी पो गायब भएको रहेछ ५० लाख केजी चामल

0 3

काठमाडौं – एक दिनअघिसम्म आफ्नो विवरणमा ५ हजार मेट्रिक टन (५० लाख केजी) कम चामल देखाइरहेको गृह मन्त्रालयले बिहीबार रातारात तथ्यांक सच्याएको छ । दुई साताअघि बंगलादेशबाट भित्रिएको १० हजार मेट्रिक टन (एक करोड केजी) चामलमध्ये आधा मात्र देखाउनुलाई गृहले मिस कम्युनिकेसन भनेको छ । यो घटनामा उसले आफैं यसबारे केही नभनी आपूर्ति मन्त्रालयलाई पत्रकार सम्मेलन गर्न दबाब दिएको थियो । ‘मिस कम्युनिकेसन भएको हो । मैले बिहीबार अखबार पढेर मात्र थाहा पाएँ । यो दुविधा कसरी सिर्जना भयो थाहा छैन । बंगलादेशबाट १० हजार मेट्रिक टन चामल नै आएको हो,’ गृहमन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले भने,‘कहाँबाट के आयो सबै हेर्ने काम गृहको मात्र होइन, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि हो ।’ आजको नागरिक दैनिकमा खबर छ ।