राष्ट्रिय अनुसन्धानको प्रमुखमा रेग्मी

0 4

काठमाडौं : सरकारले जासुसी गर्ने जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलिप रेग्मीलार्इ नियुक्त गरेको छ।

विभागका प्रमुख जितबहादुर केसीको पदावधि सकिएपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयको सिफारिसमा रेग्मीलार्इ नयाँ प्रमुखमा नियुक्त गरेको हो।

मन्त्रिपरिषद्को बैठकले विभागको एआर्इजीमा गणेश अधिकारीलार्इ बढुवा गर्ने निर्णय गरेको छ।