महिला क्रिकेटरसँग सेक्स प्रस्ताव गर्नेको जागिर गयो

0 4

एजेन्सी : श्रीलंका क्रिकेट बोर्डले सेक्स महिला क्रिकेटरसँगको सेक्स स्क्यान्डलमा फसेका तीन अधिकारीलार्इ बर्खास्त गरेको छ ।

यी अधिकारीलेमाथि राष्ट्रिय महिला टिमका खेलाडीसँग टिममा स्थान बनाउन सेक्स प्रस्ताव गरेको आरोप लागेको थियो ।

श्रीलंका क्रिकेट (एसएलसी) ले जनाएअनुसार पछिल्लो हप्ता सम्झौता समाप्त भएपछि यी तीन अधिकारीलार्इ जागिरबाट बर्खास्त गरिएको हो ।

आन्तरिक जाँचमा यीमध्ये दुर्इमाथि यौन उत्पीडन र तेस्रोमाथि महिला क्रिकेटरहरुलार्इ यौन दुर्व्यबहार गरेको घटनामा दोषी पाइएको थियो ।

बोर्डको विज्ञप्तिमा तीनमध्ये कसैले पनि महिला क्रिकेटरसँग शारीरिक सम्बन्ध राखेको प्रमाण नभेटिएको जनाइएको छ ।

तर जाँचका क्रममा भनिएअनुसार दुर्इ पुरुष अधिकारीले भने महिला क्रिकेटरमाथि यौन दुर्व्यबहार गरेको देखिएको छ । तेस्रा व्यक्ति भने महिला क्रिकेटरमाथि अनुचित व्यबहार गरेकोमा दोषी पाइएका छन् ।

यसभन्दा अघि खेल मन्त्रालयले अघिल्लो हप्ता जारी गरेको वक्तब्यमा टिमका दुर्इ म्यानेजरले महिला क्रिकेटरसँग यौन सम्बन्ध राख्न प्रस्ताव राखेको पुष्टि गर्दै उनीहरुविरुद्ध कारबाही थाल्ने जनाएको थियो ।