फेसबुकबाट महिलालाई अश्लिल म्यासेज पठाउने पक्राउ

0 2
काठमाडौं : फेसबुकमा महिलाहरुको नक्कली पेज बनार्इ अश्लिल म्यासेज पठाउने एक युवालार्इ प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकको फेक प्रोफाइलबाट अश्लिल शब्द लेखी महिलाहरुसँग यौनआकांक्षा राख्ने र मोबाइलको रिचार्ज कार्ड माग गरी धमक्याएको आरोपमा प्रहरीले नागार्जुन नगरपालिका-८ का ३३ वर्षीय उत्तम खड्कालार्इ प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

आफूले मागेको कुरा नदिएमा अश्लिल तस्बिर र भिडियो पोष्ट गरिदिने धम्की दिँदै उनले महिलामाथि दुर्व्यबहार गरेको महानगरीय अपराध महाशाखाले हनुमानढोकाले जनाएको छ ।

उनीविरुद्ध विद्युतीय कारोवार ऐनअन्तर्गत कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध महाशाखाले जानकारी दिएको छ ।