भाडामा राहत दिँदै घरबेटी

0 4

काठमाडौं,जेठ १३ – काठमाडौं, बौद्दका दुर्गानाथ दाहालको घरमा ६ परिवार बहालमा बस्छन् । घर बहातबापत दाहालले मासिक ४० हजार रुपैयाँ आम्दानी गर्छन् । तर, विनाशकारी भूकम्पपछि दाहालले आफ्नो घरमा बस्ने सबै परिवारको वैशाख महिनाको घर भाडावापतको रकम मिनाहा गरेका छन् ।

‘भूकम्पका कारण सबैजना ज्ञिपालमा आएका समयमा मैले कसरी उनीहरुसँग भाडा लिन सक्छु,’ दाहालले भने,‘यस्तो विपत्तिको समयमा उहाँहरुलाई त्यो रकमले धेरै फाइदा गर्न सक्छ । त्यसकारण मनैदेखि सहयोग गर्ने भाडा नलिने निर्णय गरेको हुँ ।’

काठमाडौं मनमैजुकी भवानी खतिवडाले पनि आफ्नो घरमा बस्दै आएका पाँच परिवारको एक महिनाको घरभाडा पूर्णरुपमा छुट दिएकी छन् । भन्छिन्,‘पैसाभन्दा ठूलो कुरा मन हो । भूकम्पले सबै जनाको ज्यान पनि जान सक्थ्यो । त्यसैले आफ्नो तर्फबाट सक्ने सहयोग गर्छु भनेर भित्र आत्मादेखि नै भाडा नलिने निर्णयमा पुगेकी हुँ ।’ उनले आफूजस्तै अरुले पनि बहालमा बस्ने परिवारका भाडा मिनाहा गर्न आग्रह गरिन् । आजको नागरिक दैनिकमा खबर छ ।