सगरमाथा क्षेत्रमा हिमपोखरी फुट्यो

0 4
च्छो रोल्पा आसपासको जमिन भूकम्‍पपछि भासियो 
काठमाडौं: सगरमाथा क्षेत्रको एउटा हिमपोखरी सोमबार राति विस्फोट हुँदा केही पुल र बाटो बगाएको छ। यसअघि कहिल्यै अनुगमन नगरिएको छु रावा (स्थानीय नाम) हिमपोखरी विस्फोटपछि खोलामा आएको बाढीको असर पाङ्बोचेसम्म परेको छ। ल्होत्से र आइल्यान्ड पिकको बीचमा रहेको यो पोखरीबारे सरकारी तथा हिमतालबारे काम गर्ने कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग जानकारी छैन।
ठूला ढुंगासहित गड्गडाउँदै इ जा खोला बगेपछि खतराको सूचीमा रहेको इम्जा हिमताल विस्फोट भएको हल्ला रातभरि चलिरह्यो। सरकार तथा स्थानीय बासिन्दाले समेत कुन ताल फुट्यो भन्ने मंगलबार बिहानसम्म पत्ता लगाउन सकेनन्।
ठूला ढुंगा बगाउँदै चर्को आवाजसहित बाढी आएपछि इम्जा नै फुटेको निष्कर्ष निकाल्दै खु बु क्षेत्रको पाङ्बोचे र दिङ्बोचेका बासिन्दा मध्यरातमा टर्चलाइट बालेर बस्तीभन्दा माथि डाँडामा चढेका थिए।
पोखरी फुटेर बाढी आएपछि पाङ्बोचेसम्म खोलामा पानीको सतह तीन मिटर बढेको स्थानीय बासिन्दाले अन्नपूर्णलाई बताए। बाढीको त्रासले रातभर नसुतेका स्थानीय बासिन्दाले बिहान मात्रै इम्जा हिमताल नभएर नजिकैको अर्को पोखरी विस्फोट भएको थाहा पाए।
स्थानीय बासिन्दा तथा सगरमाथा मध्यवर्ती क्षेत्रको उपभोक्ता समूहका अध्यक्ष आङछिरी शेर्पासहितको समूहले हेलिकोप्टरबाट इम्जाको अनुगमन गर्ने क्रममा छु रावा पोखरी फुटेको पत्ता लगाएको थियो। ‘इम्जा फुटेको छैन।
यसको अवस्था जस्ताको तस्तै छ। नजिकैको अर्को पोखरी फुटेको हो’, इम्जा हिमताल हेरेर फर्किएका शेर्पाले दिङ्बोचेबाट अन्नपूर्णसँंग टेलिफोनमा भने। मंगलबार रातिसम्म कोही सरकारी अधिकारी इम्जा क्षेत्र पुगेका छैनन्।
इम्जा हिमताल एक सय ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसको ल बाइ दुई किलोमिटर, चौडाइ ६ सय ५० मिटर र गहिराइ ४२ मिटर छ। हिउँ पग्लिएर बनेको यो ताल हरेक वर्ष ३५ मिटरका दरले बढिरहेको विभिन्न अध्ययनले देखाएको छ।
हिमतालबारे अध्ययन गरिरहेका विज्ञहरूले मंगलबार दिनभर छलफल गर्दा पनि फुटेको पोखरी पत्ता लगाउन सकेनन्। यसअघि कहिल्यै जानकारीमै नभएको यो पोखरीबारे कतै जानकारी छैन।
‘कुन पोखरी कसरी फुट्यो, कति पानी थियो भन्नेबारे कुनै जानकारी छैन’, छलफलमा सहभागी जलवायु तथा मौसम विज्ञान विभागका मौसमविद् विक्रम श्रेष्ठले भने।
इम्जाको अवस्था बुझ्न मंगलबार दिनभर हिमाली क्षेत्रको विशेषज्ञता भएको एकीकृत पर्वतीय विकास तथा अनुसन्धान केन्द्र (इसिमोड) कार्यालयमा सरकारी प्रतिनिधि र विज्ञहरूबीच छलफल भएको थियो।
छलफलमा सहभागी एक विज्ञका अनुसार नासाले उपलब्ध गराउने तस्बिरका आधारमा दिनभर अध्ययन गर्दासमेत ताल विस्फोट भएको ठाउँ र अवस्थाबारे कुनै जानकारी प्राप्त भएन।
विभागको हिमशाखामा कार्यरत श्रेष्ठले अन्नपूर्णसँग भने, ‘अबचाहिँ यस्ता साना पोखरी पनि अनुगमनमा राख्नुपर्ने भयो।’ इसिमोडसँग भएका तस्बिरमा साना पोखरी स्पष्ट देख्न सकिँदैन।
इसिमोड अध्ययन ठूला र बढी खतरा भएका हिमतालबारे मात्रै केन्द्रित छ। इम्जामा पानीको बहाव बढेको पूर्वसूचना दिने कुनै यन्त्रसमेत राखिएको छैन।
यूएनडीपीको सहयोगमा सरकारले यन्त्र जडान गर्ने भने पनि अहिलेसम्म काम अघि बढेको छैन। हेलिकोप्टरबाट निरीक्षण गरेर फर्किएका स्थानीय शेर्पाका अनुसार इ जामा तत्काल डराइहाल्नुपर्ने अवस्था देखिँदैन। ‘बाक्लो आइसले ढाकेका कारण इम्जाको पानी धेरै छचल्किएको छैन’, उनले भने।
यसैबीच च्छो रोल्पा हिमताल आसपासको जमिन भूकम्पपछि धसिएको छ। केही वर्षअघि हिमतालमा सतह बढेपछि पानी बाहिर पठाउने क्रममा तालको बायाँपट्टि पुरिएको क्षेत्र अहिले धसिएको हो।

फाइल फोटो: च्छो रोल्‍पा ताल
इसिमोडसहितका विज्ञहरूसँगको छलफल र भूउपग्रह तस्बिरका आधारमा हिमतालवरिपरिको क्षेत्र चिरिएको (रप्चर) देखिन्छ। ‘बायाँ किनारमा पहिले फिलिङ गरेको भाग छुट्टिएर डेढ मिटर तलसम्म झरेको छ’, अध्ययनमा संलग्न एक अधिकारीले भने, ‘डराइहाल्नुपर्ने अवस्था देखिँदैन तर तत्काल अध्ययन आवश्यक देखियो।’
तालमा जम्मा भएको पानीको सतहमा भने कुनै परिवर्तन आएको छैन। माथिल्लो भागमा बाक्लो आइसले ढाकेका कारण भूकम्पका बेलासमेत पानी धेरै हल्लिन पाएन। गत साता सरकारी अधिकारीसहितले गरेको हेलिकोप्टर अनुगमनका क्रममा पनि तालको दायाँबायाँ पहिरो देखिएको थियो।