पोखराका पर्यटन ब्यवसायीले गरे क्षमापूजा

0 3
पोखरा: भूकम्प गएको एक महिना पुगेको दिन पारेर यहाँका पर्यटन ब्यवसायीले मंगलबार क्षमापूजा गरेका छन् । फेवाताल किनार बैदामस्थित केदारेश्वर मन्दिरमा भूमिसंग क्षमा माग्दै पुजा गरिएको हो ।
भूकम्पपछि राहत वितरण र पर्यटन पुर्नजागरणका लागि गठन भएको पोखरा पर्यटन पुनरुत्थान समितिले क्षमा पूजाको आयोजना गरेको हो ।
मानवीय त्रुटिबाट केहि गल्ती भएको भए भुमीसँग क्षमा पाउँ भन्दै पुजा आयोजना गरिएको पोखरा पर्यटन पुनरुत्थान समिति अन्तर्गत इभेन्ट संयोजक गोपीबहादुर भट्टराइले बताए ।
भूकम्पको त्रासमा रहेका नागरिकलाई धर्मीक विधी अनुसार पुजागरि हौसला प्रदान गर्दै शान्ति र सम्मृद्धिको कामनाका साथ कार्यक्रमको आयोजना गरिएको भट्टराइले बताएका छन् ।
स्वस्ती शान्ति सहितको भूमी पूजाले अहिलेको संकट टार्ने व्यवसायीको विश्वास छ । क्षमापुजामा विभिन्न देविदेवताको पूजा गर्दै हवन गरिएको थियो ।

– Source: Annapurna Post