उडायो सपना सवै हुरीले…

0 5

चितवन, जेठ १२ –पदमपुर ५ का डण्डपानी उपाध्याले लगाएको केरा व्यापारीले १७ गते किन्नका लागि हेरेर गएका थिए । १७ गते उनको हातमा २ लाख भन्दा बढी रुपैंया पर्ने वाला थियो । त्यसो त उनले एक साता अघि पनि ५५ हजार कमाएका थिए । उनले एक साताअघि १ सय ७२ घरी केरा बेचेका थिए । उनले लगाएको १० कट्ठा बराबरको केराबाट बार्षिक २ लाख बढी बचत गर्ने गरेका थिए । तर डण्डपानीले १७ गते बेच्नका लागी तयारी अवस्थामा रहेको केरा हिजो साँझ आएको हावाहुरीले सखाप पारीदियो ।

उनले लगाएको ९ सय ५२ वोट केरा मध्ये अहिले ५२ वोटमात्र ठाडा देखीन्छन् । ‘राती ८ बजेको समयमा ठुलो हावाहुरी आयो, केरा ढाल्यो कि भनेर रातभर पेट भतभती पोलेको थियो ।’ उनले रुन्चे स्वरमा पिडा पोखे, – ‘विहान आएर हेर्दा त सव सखाप भएछ, बेच्नका लागी बैना लगाएर राखेको केरा सवै हावाहुरीले ढालिदिएछ ।’ नेपाल आर्मीवाट अवकास प्राप्त भएर केरा खेतीमा लागेका डण्डपानीले छिमेकीहरु सवैले केरा खेती गरेको देखेर केरा खेती गरेको वताए । ‘के गर्नु , विहान आएर हेर्दा त सवै केरा ढलेको रैछ मन थाम्नै नसकेर रोएर गए ।’ –उनले भने ।
पदमपुर ७ का महेन्द्र ठकुरीको पनि ७ विगाहमा लगाएको केरा हावाहुरीले नष्ट गरेको छ । १ विगाह आफ्नो जग्गा र ६ विगाह लिजमा लिएर केरा लगाएका ठकुरीको करीव ४ विगाह वारवरको केरा ढलेको छ । ०६४ सालदेखी केरा खेती गर्दै आएका ठकुरीको बार्षिक १ विगाह बरावर ३ लाख सम्म बचत गर्ने गरेको वताए । तर यसबर्ष भने उनको विगाहको ३ लाख कमाउने सपना सोमवार राती आएको हावाहुरीले उडाईदिएको छ । ‘यत्तिका जग्गामा लगाएको केरा सवै ढल्यो, हामीले विमा पनी गरेका छैनौं । विमा गर्ने तयारी भईरहेको वेला हावाहरीले सवै केरा ढालिदियो ।’ दुखिद मुद्रमा सुनाए । ‘अव जहान, केटाकेटी केल्ले पाल्ने हो ? लगानी सम्ममात्रै सरकारले दिएपनि त केही आडअदार हुन्थो ।’
जेठ ११ गते सोमबार राति आएको हावाहुरीका कारण चितवनमा व्यवसायिक रुपमा लगाइएका केराहरु ढलेका छन् । उक्त हावाहुरीले चितवनमा ८० प्रतिशत भन्दा बढी केराहरुमा क्षति पु¥याएको केरा किसानहरुले बताएका छन् । हावाहुरीले पूर्वी चितवनमा लगाइएको केरा खेतीलाई बढी नोक्सान पु¥याएको छ । पदमपुरमा मात्रै ९० प्रतिशत सम्म केरा ढलेका छन् । हावाहुरीले केरा खेती नष्ट गराएको अवस्थामा केराको विमा गरेका किसानले उनीहरुको लागतको ९० प्रतिशतसम्म रकम पाउने चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्थले बताए ।
चितवनमा पाँच सय २५ जना व्यवसायीक केरा किसान भएपनि हाल ३३ जनाले मात्र विमा गरेका पन्थले बताए । चितवनमा दुई हजार बिघाहा क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गरिएकोमा एक सय २० विघाहा क्षेत्रफलको केरा मात्र विमा भएको पन्थले बताए ।
पूर्वी चितवनको पदमपुरमा मात्रै सात सय विगाहा क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गरिदै आएको छ । पदमपुरमा दुई सय ५० किसानका केरा खेती नष्ट भएको बताइएको छ । सोमबार आएको हावाहुरीका कारण पूर्वी चितवनका तीन सय केरा किसान प्रभावित भएको चितवन केरा उत्पादक संघले जनाएको छ । केरा खेतीको विमा गरिएको अवस्थामा एक विघाहा केरा खेतीमा क्षति पुगेको खण्डमा दुई लाख ८० हजार रुपैयाँ क्षतिपूर्ति पाइने जिल्ला कृषि विकास कार्यालयका बाघबानी विकास अधिकृत धनबहादुर थापाले बताए ।
केरा किसानले विमा आफ्नो खेती विमा गरेको अवस्थामा सरकारको तर्फबाट विमाङ्क रकमको ७५ प्रतिशत रकम व्यहोर्ने र बाँकी २५ प्रतिशत रकम किसानले तिर्नुपर्ने थापाले बताए । हावाहुरीका कारण वर्षेनि किसानहरु मर्कामा पर्ने भएका कारण किसानलाई आफ्नो खेती विमा गर्न थापाले सुझाव दिए । कृषि कार्यालयबाट तालिम दिँदा प्रत्येक तालिममा विमा सम्बन्धी तालिम राखिने गरेको भए पनि किसनहरु विमा तर्फ आकर्षित हुन नसकेका थापाले बताए । त्यसैगरी पदमपुर गाविस सचिव रमा आचार्यले गाविसको बजेटले कृषिमा लगानी गर्न नपुग्ने बताइन् । कृषिको लागि जिल्लाबाट नै लगानी हुनुपर्ने आचार्यको भनाइ थियो ।
करिब तीन वर्ष अगाडि ६९ सालको भदौ २९ गते आएको ठूलो हावा हुरीका कारण पनि चितवनमा दुई सय विगाहा केरा खेतीमा क्षति पुगेको थियो । त्यो समयमा केरा किसानलाई करिब सात करोड रुपैयाँ क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।