सरकारले गफ मात्रै दियो, जनता घर बनाउन थाले

0 8

काठमाडौं, जेठ १२ – भूकम्प गएको एक महिना बितिसक्दा पनि सरकारले पुनः निर्माणको गफमात्रै दिएपछि स्थायी संरचनाको निर्माणमा जनता आफैं जुट्न थालेका छन् ।

मंलवार दिउँसो बुढानिलकण्ठ नगरपालिकामा पर्ने चुनिखेल पुग्दा त्यहाँका स्थानीय माटो मुछेर काँचो ईट्टाको गाह्रो लगाउँदै थिए । चुनिखेलको गाम्चा बजार नजिकै असिना–पसिना हुँदै काम गरिरहेका आधा दर्जन बढि छिमेकीहरु स्थानीय राधेश्याम श्रेष्ठको घर बनाउन जम्मा भएका थिए । ‘खाँबो गाडेर बनाउनुपर्छ भनेर केही मान्छेहरु आएका थिए, त्यस्तो हामीलाई मन पर्दैन ।’ राधेश्याम श्रेष्ठले भने– ‘खाँबो गाडेको कच्ची घरमा राखन–धरन कता गर्ने ? सामान हुन्छ, अन्नपात हुन्छ ।’

बग्रेल्ति घरहरु भत्किएको चुनिखेलको गाम्चाका धेरै घरहरु काँचो ईट्टा र माटोले बनेका थिए । केही पक्की घरहरु पनि बस्नै नमिल्ने गरी चर्र्र्किएका छन् ।IMG_0327

सरकारले देशभर भूकम्पप्रतिरोधक घरको योजना ल्याउने र त्यसअघि प्रत्येक परिवारलाई जस्ता किनिदिएर अस्थायी आवासमा राख्ने भनेको कुरा गाम्चावासीले पत्याएनन् । ‘खै टिभीमा सुनेका थियौं, आजसम्म दिएको छैन्, पत्यारै लाग्न छाड्यो ।’ स्थानीय ज्ञानलाल श्रेष्ठले भने– ‘दिन्छ र खाउँला भनेर बस्नुको साटो पहिले जस्तो थियो त्यस्तै बनाउँछौं ।’

सवैका घरहरु भत्केकाले पर्म लगाएर पालैपाले निर्माण गरिने ज्ञानलालले रातोपाटीलाई बताए ।

पहिले टायलले छाएका चुनिखेलका घरहरु भूकम्पले ढल्दा सवै टायल टुक्रिएका छन् । ‘अब टायल काम छैन, सरकारले दियो भने दिइहाल्यो, नत्र आफैं पनि जस्ता किनेर छाउन सकिहालिन्छ नी ।’ इट्टाको डोको बिसाउँदै कविता श्रेष्ठले भनिन् ।

गाम्चाकी रिना श्रेष्ठको पक्कि घर थियो । अहिले इन्जिनियरहरुले रातो स्टिकर टाँसिदिएका छन् । ‘तुरन्तै पक्की घर बनाउन सकिन्न, कुनै उपाय गर्नुपर्ला ।’ उनले भनिन्– ‘जस्ता दिने खबर त टिभीमा सुनेका थियौं, काठमाडौं नजिकै भएर होला आजसम्म हात परेको छैन ।’

उपत्यकाको नगरपालिका भएपनि पर्याप्त राहत नपाएको स्थानीयहरुले गुनासो गरे । ‘आधा बोरा चामल र केही प्याकेट चाउचाउ पायौं, त्रिपालमा लुछाचुँडी भयो ।’ रिनाले भनिन् ।rina shrestha

नगरपालिका कार्यालयले कहिले २० ओटा त कहिले ६ ओटाका दरले त्रिपाल पठाएकाले लुछाचुँडी भएको स्थानीयहरुको भनाई छ । त्यस्तो लुछाचुँडीमा सक्नेले पाए नसक्नेहरु हेरेको हे¥यै भए । ‘छिमेकी गाउँतिर ब्लाङ्केट बाँडेको थियो रे,यता आइपुगेन, हाम्रो त नाम मात्र नगरपालिका ।’ राधेश्याम श्रेष्ठले भने ।

यसपाला जात्रा लागेन

भूकम्पका कारण चुनिखेलको गाम्चामा हरेक वर्ष लाग्ने जात्रा यसपटक लागेन । वैशाख १९ गते बुद्ध जयन्तीका दिन लाग्ने जात्राका लागि बन्दै गरेका घरहरु पनि द्रुत गतिमा फिनिसिङ हुँदै थिए । सबै भूकम्पको भत्काइदियो । ‘बुद्ध जयन्तीका दिन घरघरमा देवता घुमाउने चलन थियो यसपटक पाइएन ।’ रिनाले भनिन् ।

त्यस्तै भूकम्पका कारण बुद्धजयन्तीको अवसरमा हुने रथयात्रा पनि रोकिएको स्थानीयहरुले बताए ।

house story (7)house story (1)house story (2)house story (3)house story (4)house story (5)house story (6)