तीस दिनमा तीस हजारभन्दा बढी धक्का

0 7
काठमाडौं : वैशाख १२ को विनाशकारी भूकम्पछि तीस हजारभन्दा परकम्प आएका छन् । नेपालीले एक महिनामा तीस हजारभन्दा बढी भूकम्पका धक्का सामना गर्नुपरेको छ।
नेपालीका लागि यो एक महिना निकै त्रासदीपूर्ण रह्यो। छिनछिनको त्रास र सकसका साथ एक महिना वितेको छ। रकम्प क्रमश: कम हुँदै गएकोले भुइँचालोको त्रास पनि कम हुँदै गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार चार म्याग्निच्यूडभन्दा तलका परकम्पलाई समेत जोड्ने हो भने एक महिनाको बीचमा नेपालमा तीस हजारभन्दा बढी पटक भुइँचालो आएको छ।

चार म्याग्निच्यूडभन्दा तलका परकम्प तथा भूकम्पको रेकर्ड केन्द्रले सार्वजनिक गर्ने गरेको छैन। एक महिनाको अवधिमा चार म्याग्निच्यूडसम्मका २ सय ६५ परकम्प आएका छन्।एक महिनामा आएका अधिकांश भूकम्पले गोरखा, दोलखा, सिन्धुपाल्चोक,रसुवा र आसपासको क्षेत्रलाई केन्द्र बनाएका छन्।

वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पछि ६ भन्दा बढी रेक्टरका चारवटा भूकम्प आएका छन्। पाँच रेक्टरसम्मका  २५ वटा धक्का महसुस भएका छन्। विनाशकारी भूकम्प गएको तेस्रो दिन वैशाख १४ गते पनि ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने अठारौं दिन वैशाख २९ गते ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो। सामान्य अवस्था फर्किने सुरसारमा रहेको जनजीवनलाई वैशाख २९ को शक्‍तिशाली धक्काले फेरि आत‌ंकित तुल्याएको थियो। घर पसिसकेकाहरु पनि फेरी पाल र त्रिपालमा छिरेका थिए।
वैशाख १२ पछि हरेक दिनजसो भूकम्पको धक्का महसुस भएको छ। सोमबार मात्रै तीन पटक धक्का महसुस भएको थियो भने आइतबार पाँचपटक परकम्प गएको थियो। वैशाख १२ गतेको ७.६ रेक्टरको भूकम्पपछि त्यो दिन मात्रै ३८ पटक ठूला धक्का गएका छन्।
म्याग्दी केन्‍द्र भएर एकैदिन सोमबार चार म्याग्निच्यूडभन्दा तलका  ६ वटा भूकम्प गएका छन्। सोमबार बिहान पौनै नौ बजेदेखि अपरान्ह तीन बजेसम्म लगातार एउटै केन्द्र भएर ६ वटा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपालमा आएका भूकम्पका पछिल्ला धक्काहरु