१४ सय विद्यार्थीलाई शैक्षिक सामग्री

May 26 2015 01:24
इटहरी : अन्‍नपूर्ण पोस्ट् दैनिक र अन्नपूर्ण रेडियोले भूकम्पपीडित विद्यार्थीका लागि सुरु गरेको ‘एक विद्यार्थी एक शैक्षिक सामग्री’ अभियानअन्तर्गत सुनसरीको इटहरीबाट एक हजार चार सय विद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।
सोमबार इटहरीको पिस जोन आवासीय उच्च मावि र नेपाल शैक्षिक बजार व्यवस्थापन संघ (इमान) ले कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री अन्नपूर्ण पोस्ट्लाई हस्तान्तरण गरेका छन्।
वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका घर भत्किँदा हजारौं बालबालिकाको पढाइ प्रभावित भएको भन्दै पिस जोन र इमानले शैक्षिक सामग्री खरिद गरी दुई लाख ३१ हजार रुपैयाँबराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको पिस जोन आवासीय उमाविका प्रिन्सिपल जगदीश ओलीले बताए।
उनले शैक्षिक सामग्री अन्नपूर्णको अभियानबाट भूकम्पले बढी क्षति पुर्‍याएका जिल्ला र हिमाली जिल्ला सोलुखुम्बुका विद्यार्थीसम्म पु:यानउन माग गरेका छन्।
पिस जोन र इमानले खरिद गरेको एक हजार चार सय विद्यार्थीका लागि तयार पारिएको शैक्षिक सामग्री पिस जोनको विद्यालय प्रांगणमा सुनसरीका जिल्ला शिक्षा अधिकारी रु द्र दुलालले अन्नपूर्ण पोस्ट्का सुनसरी समाचारदाता रत्नप्रसाद आचार्यलाई हस्तान्तरण गरेका थिए।
शैक्षिक सामग्री हस्तान्तरण गर्दै जिशिअ दुलालले अन्नपूर्ण पोस्ट् र अन्नपूर्ण रेडियोले सञ्चालन गरेको भूकम्पपीडित विद्यार्थीका लागि ‘एक विद्यार्थी एक शैक्षिक सामग्री’ वितरण अभियान प्रशंसा योग्य रहेको बताउँदै यो विपत्को घडीमा पीडित विद्यार्थीलाई सहयोग गर्न आग्रह गरे।
भूकम्पपीडित विद्यार्थीका लागि प्रतिव्यक्ति एक सय ६० पेजको पाँचवटा कापी, डटपेन, पेन्सिल र इलेजरसहितका शैक्षिक सामग्री सहयोग गरिएको इमानका पूर्वाञ्चल सचिव वेदेन्द्र ढकालले बताए।

– Source: Annapurna Post

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top