बैंकहरुमा ओइरियो पैसा

0 5

काठमाडौं,जेठ १२ – भूकम्पपछि बैंक तथा वित्तीय संस्थामा पैसा झिक्न ग्राहकको लर्को लाग्ने बैंकिङ अनुमानविपरीत सुरक्षाका लागि पैसा जम्मा गर्ने बढेका छन् । केही दिनयता बैंकहरुमा पैसाको ओइरो लागेको छ । विशेष परिस्थितिमा पसा झिक्नेको आँकलन गरेका बैंकहरुले ग्राहक थेग्न नसकिएला भनेर सुरुका दिनमा ५० हजार रुपैयाँसम्म मात्र झिक्न पाइने सीमा लगाएका थिए । प्रवृत्ति भने ठीक उल्टो देखियो । पैसा झिक्नेभन्दा सुरक्षाका लागि पैसा राख्ने बढे, आजको नागरिक दैनिकमा खबर छ ।