राहत दिने विषयलाई लिएर मन्त्रीहरुबीच चार घन्टासम्म चर्काचर्की

0 5

काठमाडौं,जेठ १२ – भूकम्पपीडितलाई १५ हजार रुपैयाँ राहत दिने विषयमा अर्थमन्त्री रामशरण महत र अरु मन्त्रीबीच चर्काचर्की हुँदा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिनानिर्णय टुंगिएको छ । सजिलोसँग पीडितलाई राहत रकम उपलब्ध गराउने प्रक्रियाबारे मन्त्रीहरुबीच बैठकमा चर्काचर्की भएको थियो ।

राहतका विषयमै मन्त्रीहरुबीच चार घन्टासम्म चर्काचर्की भएपछि सरकारले आन्तरिक रुपमा गृहकार्य गरिरहेको उद्दार, राहत तथा पुनस्र्थापनासम्बन्धी अध्यादेशमाथि छलफलसम्म हुन नसकेको स्रोतले बतायो ।

गोरखामा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा स्थानीय सर्वदलीय संयन्त्रले सामान्य क्षति भएकासम्मलाई १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेकोबारे मन्त्रिपरिषद्मा विवाद सुरु भएको जानकारी स्रोतले दियो, आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।