होटलमा लगेर सुस्त मनस्थिति भएकी बालिकाको बलात्कार

0 13

दाङ, जेठ ११ – दाङको देउखुरीकी सुस्त मनस्थितिकी एक १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा जीपका चालक र सह–चालकलाई प्रहरीले मुद्दा चलाएको छ ।

बालिकालाई करणी गरेको भन्दै रा १ ज ५४ नं.को जीपका चालक लमही नगरपालीका वडा नं. १० देउपुरका २३ वर्षीय भुपाल घर्तीमगर र सतवरीया–८ तेलीया निवासी १८ वर्षीय नेत्र कुमालविरुद्ध जबरजस्ती करणी सम्बन्धि मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक मिनबहादुर कुवँर क्षेत्रीले जानकारी दिएका छन् ।

गत बैशाख २० गते लमहीबाट घर जाने क्रममा विचबाटोमा ओर्लनु पर्ने भए पनि ओर्लन नदिएर भालुबाङको प्युठानी हरीयाली होटेलमा लगेर बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
बालिकाले अभिभावकलाई नभने पनि साथीहरुलाई भने पछि हल्ला हुदै अभिभावकले थाहा पाएका थिए । आरोपी दुवै जनाले विभिन्न प्रलोभन देखाएर बालीकालाई बलात्कार गरेको र भोली पल्ट विहान अर्काे गाडीमा हालेर बालिकालाई घर पठाएको प्रहरीले जनाएको छ । उजुरी परे पछि प्रहरीले जेठ ८ गते पक्राउ गरी जवरजस्तीकरणी मुद्धा दर्ता गरेको थियो ।

मुलुकी ऐन जवरजस्ती करणी महलको ३ (५) अनुसार १० वर्È वा सोभन्दा बढी चौध वर्Èभन्दा कम उमेरकी बालिका भए ८ वर्Èदेखि १२ वर्Èसम्म र सुस्त मनस्थितीकी भए थप ५ बर्ष सजाय हुन सक्ने व्यवस्था छ ।