पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारमा जेल सजाय

0 3
जेरुसेलम: इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्टलाई भ्रष्टाचारमा दोषी ठहर गरिएको छ । उनलाई इजरायलको एक अदालतले भ्रष्टाचारमा दोषी ठहराएको हो ।
सोमबार एक जिल्ला अदालतले उनलाई  आठ महिनाको जेल सजाय तोकेको एक समाचारमा जानकारी दिइएको छ ।
गएको मार्च महिना उनिविरुद्ध सो अदालतमा भ्रष्टाचारमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामाथि भएको सुुनुवाइपछि आज सो अजाय सुनाइएको बताइएको छ ।
एहुद अल्मर्टले इजरायलमा सन् २००६ देखि २००९ सम्म प्रधानमन्त्रीका रुपमा काम गर्नुभएको थियो । उनि पदमा रहेको बेला भएको भनिएको एक भ्रष्टाचार मुद्दामा अनुसन्धान सुरु भएको थियो ।
उनले अपिल गर्ने बताइएको छ ।  यो जिल्ला अदालतको फैसला भएकोले उनले इजरायलको उच्च अदालतमा अपिल गर्ने भएका छन् ।
उनका वकिलले पूर्व प्रधानमन्त्री अल्मर्टले अपिल गर्नुहुने जानकारी दिएका छन् । उनलाई यसअघि पनि उक्त भ्रष्टाचारको मुद्दामा दोषी पाइएको भनी दिइएको फैसलाका विरुद्धमा पनि उनले अपिल गरेका थिए ।