आफैँ घर भत्काउन घरधनीलाई १ हप्ताको समय

0 6
बुटवल बेलहिया व्यापारीक मार्ग परियोजनाले सडक सिमा मिचेर बनाएका घरहरु आफैँ भत्काउन घरधनीहरुलाई १ हप्ताको समयावधि दिएको छ। राजमार्ग चौराहका केही घरहरु सरकारले आफैँ भत्काउन थालेको थियो। बुटवल उद्योग वाणिज्य संघको टोलीले १ हप्तामै घर भत्काउने संस्थागत जिम्मेवारी लिएपछि घरधनीहरुलाई सो समयावधि दिइएको हो।
बुटवल बेलहिया व्यापारिक मार्ग परियोजनाका ईञ्जिनियर लिला भण्डारीले बुटवल उद्योग वाणिज्य संघले संस्थागत रुपमै घरधनीहरुको तर्फबाट एक हप्तामा आफैँले घर भत्काउन समयावधि मागेपछि एकसातालाई समय सीमा दिइएको बताए ।
तोकिएको समयावधिमा पनि घर भत्काउन अटेर गरेमा आयोजनाले डोजर लगाएर घर भत्काइदिने उनले बताए। बुटवल बेलहिया सडक परियोजना अन्तर्गतको यो सडक विगत तीन वर्षदेखि निर्माण शुरु भएको हो। यद्यपी आयोजनाको निर्माण काम पुरा हुन सकेको छैन। बुटवलको राजमार्ग चौराहको प्रारम्भमै रहेका केही घरधनीले ओगटेको सडक खाली नगर्दा आफूहरुलाई अन्यत्र समेत काम गर्न कठिनाई भएको परियोजनाले बताउँदै आएको थियो ।