घरबास गुमेपछि बाथरुमको बास

0 15

रामेछाप, जेठ ११ – वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पले घरबास गुमेपछि रामेछाप नगरपालीका–५ का मन्छिन्द्र तमाङ बाथरुममा बस्दै आएकी छिन् ।

विनाशकारी भूकम्पले बास बस्ने घरै गुमेपछि टहरो बनाई बस्नलाई आफ्नो जग्गा नभएकाले बाथरुममा बस्नु परेको उनको भनाई छ । सरकारले ओत लागेर बस्नका लागी त्रिपाल दिएपनि त्रिपाल टाँग्ने जग्गा समेत नभएको उनले गुनासो गरिन् ।

त्यस्तै जुना तामाङ पनि भूकम्पले घरगोठै भत्किएपछि बाथरुममै बस्दै आएकी छिन् । १२ जनाको जाहान भएको तामाङलाई पालमुनी बस्न गाह्रो भएकाले बाथरुममा बस्नु परेको उनको भनाई छ ।