गर्मीबाट भारतमा मर्नेको संख्या ५ सय नाध्यो

0 6

तेलंगाना, जेठ ११ – भारतका दुई राज्य आन्द्र प्रदेश र तेलंगानामा प्रचण्ड गर्मीका ज्यान गुमाउनेको संख्या ५ सय पुगेको छ । आइतबार मात्र यी दुई राज्यमा १ सय ६५ जनाको मृत्यु भएको छ ।

भारतको मौसम विज्ञान विभागको अनुसार अझ तीन दिनसम्म यस्तै मौसम रहने बताएको छ । आन्द्र प्रदेशको माछिलिपटनम र टुनीमा ४७ डिग्री तापक्रमसम्म पुगेको छ ।

तेलंगानाका केही सहरहरुमा त कुदीरहेको गाडीमा आगो लागेको खबर पनि भारतीय मिडियाहरुमा आएका छन् ।

यता, उत्तर प्रदेशमा पछिल्ला पाँच वर्षको तुलनामा सबैभन्दा गर्मी महसुस गरिएको छ । ओडिसाका नौं सहरहरुमा पनि ४५ डिग्री सेल्सियस तामक्रम रेकर्ड गरिएको छ ।