केजरीवालको छोरीलाई पाँच वर्ष जेल हुनसक्ने

0 17

दिल्ली, जेठ ११ (एजेन्सी) – दिल्लीमा मुख्य मन्त्रीको रुपमा अरविंद केजरीवालको १ सय दिन पूरा हुन पाउँदै आफ्नो छोरीको कारण यतिबेला विवादमा मुछिन पुगेका छन् । केजरीवालकी छोरी हर्षिताले एक सरकारी अधिकारीलाई घुस दिन खोजीपछि उनी विवादमा तानिएका हुन् ।

 

आईआइटीको तेस्रो सेमेस्टरकी विद्यार्थी हर्षितामाथि एक आरटीओ अधिकारीलाई घुस दिन खोजेको आरोप छ । तर, अरविन्द केजरीवालले भने आफ्नो छोरीले भ्रष्टाचार कम भएको छ कि छैन भनेर जाँच्न मात्र घुस दिन खोजेको बताएका छन् । यस विषयलाई उदाहरण दिँदै उनले दिल्लीमा भ्रष्टाचार कम हुँदै गएको बताए ।’

‘मेरो छोरी ड्राइभिङ लाइसेन्स लिन जाँदा एक अधिकारीलाई जाँच्न घुस दिन खोजिन् तर ती अधिकारीले घुस लिन मानेनन्,’ उनले लेखेका छन् ।

तर, यो मामिलाबारे दिल्लीको भ्रष्टाचार निरोधक शाखामा उजुरी परेको छ । यदी यसमा कारवाही भए हर्षितालाई पाँच वर्षसम्म जेल हुन सक्छ । भ्रष्टाचार निरोधक कानूनको धारा १२ को अनुसार घुस दिनु पनि ठूलो अपराध हो ।

यसबारे पूर्व मुख्य सचिव ओमेश सहगल र भगत सिंह क्रान्तिकारी सेनाका अध्यक्ष तजिन्दर पाल सिंह बग्गाले प्रहरी आयुक्तसँग उजुरी गरेका थिए । उनीहरुले यस मामिलामा मुख्यमन्त्रीको छोरीमाथि मुद्दा चलाउन माग गरेका छन् ।