आजको पराकम्पनबाट चितवनमा एकको मृत्यु

0 8

चितवन, जेठ ११–आज विहान ३ बजेर २३ मिनेट जाँदा गोरखालाई केन्द्रविन्दु बनाएर गएको ५ रेक्टर स्केलको भूकम्पको पराकम्पनले चितवनको दारेचोकमा एक जनाको ज्यान लिएको छ ।

पराकम्पनले दारेचोक–९ धारापानीका ६५ ववर्षीया लाटीमाया चेपाङको ज्यान गएको ईलाका प्रहरी कार्यालय मुिग्लङले जनाएको छ ।
पराकम्पबाट बेहोस भएकी उनको अस्पताल लैजाँदै गर्दा ज्यान गएको बताइएको छ ।