आत्महत्या गरेका उप्रेतीको शरीर अध्ययनका लागि टिचिङ अस्पताललाई

0 3
काठमाडौं : आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीको पार्थिव शरीर अध्ययन तथा अनुसन्धानका लागि टिचिङ अस्पताललाई हस्तानान्तरण गरिएको छ।
उप्रेतीले आफ्नो सुसाइड नोटमा समेत आफ्नो शरीर अनुसन्धानलाई लागि अस्पताललाई दिनु भनेर इच्छा व्यक्त गरेकोले सोहीअनुसार अस्पताललाई हस्तानान्तरण गरिएको हो । उप्रेतीको दाहसंस्कार तथा काजकिरिया नहुने भएको छ।
नेपाल बार एशोसियशनका उपाध्यक्ष टिकाराम भट्टराईले परिवार तथा आफन्तको समेत सहमतिमा अस्पताललाई उप्रेतीको पार्थिव शरीर हस्तानान्तरण गरिएको जानकारी दिए।

उप्रेतीको पार्थिव शीररमा श्रद्धाञ्जली दिनका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, सर्वोच्च अदालतका वहालवाला तथा पूर्वन्यायधीशहरु, कानुन व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधरण टिचिङ अस्पताल पुगेका थिए। उप्रेतीले आँखा पनि दान गरेका छन् ।

सर्वोच्च अदालतका पूर्व न्‍यायाधीश उप्रेतीले आत्महत्‍याका गरेका थिए।। उनले आइतबार राती ज्ञानेश्वरस्थित आफ्नै निवासमा झुन्डिएर आत्‍महत्‍या गरेका । उनले आत्‍महत्‍या गर्नुअघि सुसाइड नोट लेखेको र नोटसँगै पाँच लाख रुपैयाँ भेटिएको प्रहरी स्रोतले जनाएको छ। ‘ किरिया खर्च पाँच लाख रुपैँया प्रधानमन्त्री राहत कोषमा दिनु’ भनेर उनले सुसाइड नोटमा उल्‍लेख छ।