भत्किएका घर बनाउन सवा खर्बका काठ आवश्यक

0 3

काठमाडौं,जेठ ११ – वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरुले भत्किएका घर पुननिर्माण गर्न मात्र सवा २ करोड क्युबिक फिट काठ आवश्यक पर्ने भएको छ । यसको बजार मूल्य १ खर्ब १५ अर्बभन्दा बढी पर्नेछ ।

गृह मन्त्रालयका अनुसार भूकम्पले ४ लाख ६२ हजार ६ सय ५३ घर पूर्ण तथा आंशिक रुपमा भत्किएका छन् । नेपाली बजारमा सालको काठको मूलय प्रतिक्युबिक फिट ५ हजार रुपैयाँमाथि छ ।

भूकम्पले क्षति पुर्याएको एउटा घर निर्माणमा कम्तीमा ५० क्युबिक फिट काठ आवश्यक पर्ने नेपाल वन प्राविधिक संघले जनाएको आजको कारोबार दैनिकमा खबर छ ।