एकाबिहानै ५ म्याग्निच्यूटको भूकम्प

0 3
काठमाडौं: सोमबार बिहानै ५ म्याग्निच्यूटको भूकम्पले देशको मध्यक्षेत्र हल्लाएको छ। सोबार बिहान ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रबिन्दु बताउँदै ५ म्याग्निच्यूटको भूकम्प गएको हो।
यो भूकम्पको धक्का मकवानपुर,  धादिङ, गोरखा, नुवाकोट, लमजुङ र काठमाडौं उपत्यकासम्म महसुस भएको थियो। बिहानै भूकम्प गएपछि मानिसहरु त्रसित भएपनि कुनै क्षति नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
आइतबार मात्रै आइतबार बिहानदेखि दिउँसो १ बजेसम्म चारपटक भूकम्पको धक्का महुसुस महसुस भएको थियो।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो १२.५५ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प, यसअघि सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु भएर ११.४६ बजे  ४.२ म्याग्निच्यूट, १०.३८ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूट र बिहान ७.०६ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।