टहरा बनाउन दलहरुबीच होडबाजी, कांग्रेस कार्यकर्ता १६ जिल्लामा

0 4

काठमाडौं, जेठ १० – बैशाख १२ गते गएको भूकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएका घर परिवारलाई अस्थायी टहरा बनाउन यतिबेला दलहरुबीच होडबाजी नै चलेको छ ।

भूकम्प प्रभावित जिल्लाहरुमा यतिबेला विभिन्न पार्टीका नेता कार्यकर्ता खटिरहेका छन् भने कसले कत्ति घर टहरा बनाउने भन्ने प्रतिष्पर्धा नै चलेको छ ।

यसअघि भूकम्प गएलगत्तै विभिन्न दातृ निकाय तथा संघ संस्थामा राहत बाड्न देखिएको अस्वस्थ्य प्रतिष्पर्धा यतिबेला दलहरुमा देखिएको छ ।
प्रमुख सत्तारुढ तथा विपक्षी मूख्य दलहरुले यतिबेला विभिन्न जिल्लामा आफ्ना कार्यकर्ता परिचालन गरेका छन् । नेकपा एमाले, विपक्षी एमाओवादी र सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि आफ्ना कार्यकर्ता आजदेखि परिचालन गरेको छ ।

कांग्रेसले भूकम्प प्रभावितलाई अस्थायी बासको व्यवस्था गर्न केन्द्रीय सदस्यको नेतृत्वमा विभिन्न १६ जिल्लामा कार्यकर्ता परिचालन गरेको हो ।

पार्टी उपसभापति रामचन्द्र पौडेलले जिल्लामा खटिने केन्द्रीय सदस्यलाई हेल्मेट र अन्य औजार प्रदान गरी विदा गर