पहिरोमाथिबाट कालीगण्डकी बग्न थाल्यो

0 4
काठमाडौं : आइतबार बिहान १ बजेबाट थुनिएको कालीगण्डकी नदी पहिरोमाथिबाट बग्न थालेको छ ।

म्याग्दीको राम्चे–९ फेदीस्थित पहाडको टुप्पोबाट खसेको पहिरोले थुनिएको कालीगण्डकी आइतबार साँझ सबा ५ बजेबाट ओभर फ्लो भई बग्न थालेको नेपाल प्रहरीले जनाएको छ ।

‘म्याग्दीको  राम्चे गाबिस-९ स्थित काफलडाँडा बैसरीमा माथिबाट पहिरो आई थुनिएको कालीगण्डकी नदी आइतबार साँझ सबा ५ बजेबाट ओभरफ्लो भई स्वभाविक गतिमा बग्न थालेको छ’, नेपाल प्रहरीले भनेको छ ।

कालीगण्डकी थुनिएपछि गृहमन्त्रालयले नदी तटका म्याग्दीदेखि नवलपरासीसम्का ७ वटा जिल्लाका बासिन्दालार्इ नदी किनार छाडेर सुरक्षित स्थानमा जान भनेको थियो ।