आज दिउँसोसम्म चारपटक भूकम्प

0 3
काठमाडौं : आइतबार पनि भूकम्प जाने क्रम जारी छ। आइतबार बिहानदेखि दिउँसो १ बजेसम्म चारपटक भूकम्पको धक्का महुसुस महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो १२.५५ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प गएको छ। यसअघि सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु भएर
११.४६ बजे  ४.२ म्याग्निच्यूट, १०.३८ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूट र बिहान ७.०६ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।
वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यी धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। शनिबार नेपालमा दुईपटक भूकम्पको धक्का महसुस भएको थियो।
शुक्रबार मात्रै नेपालमा ६ पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ७.१९ बजे हुम्ला केन्द्र भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो।
बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो। साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ।
वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४.० म्याग्निच्यूडभन्दा माथिका २ सय  वटा परकम्प गएका छन् ।
४.० म्याग्निच्यूडभन्दा मुनिका परकम्पलाई केन्द्रले आफ्नो रेकर्डमा राख्‍ने गरेको छैन। त्यस्ता साना परकम्प त हजारौंपटक गएको केन्‍द्रले जनाएको छ।