‘पहिरो नरोकिएसम्म कालीगण्डकी खुलाउन सकिन्न’

0 8

म्याग्दी : उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले पहिरो नरोकिएसम्म थुनिएको कालीगण्डकी खुलाउने काम अघि बढ्न नसक्ने बताएका छन् । आइतबार राती एक बजेदेखि निरन्तर खसिरहेको पहिरोले बैसरीमा कालीगण्डकी नदी थुनिएको छ ।

थुनिएको कालीगण्डकी अवलोकन गर्न म्याग्दी आएका गौतमले सदरमुकाम बेनीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नदी किनारका बस्ती सुरक्षित स्थानमा राख्नु नै अहिलेको विकल्प भएको बताए ।

‘त्यहाँ निरन्तर खसिरहेको पहिरोले ताल फुटाउन सम्भव छैन्, प्राविधिक र इञ्जिनियरको टोली तयारी अवस्थामा छन्, उनले भने, ‘पहिरो रोकिनेवित्तिकै प्राविधिक टोली परिचालन हुनेछन् ।’

उनले विपत्ति यो बेला सबै मिलेर सामना गर्नुपर्ने बताए ।

-Source: Annapurna post