घरमै मोबाइल चार्जर बनाएर बिजुली बिना नै चार्ज ! (फोटोसहित)

0 3

मोबाइलले मानिसको जीवनलाई धेरै सहज बनाएको छ । अझ मोबाइल र इन्टरनेट सँगसँगै भएपछि त मानिसको जीवनमा चमत्कार नै भएको छ । तर, मोबाइलमा चार्ज टिकाउन नसक्दाले हामीमध्ये अधिकांशलाई तनाव हुने गरेको छ । अझ कतिपय महत्वपूर्ण समयमा मोबाइलको चार्ज सकिदाँ ठूलै समस्या भोग्नुपर्ने हुन्छ ।

cycle
यस्तै समस्याहरुलाई ध्यान दिएर रोमानियाका १६ वर्षीय विद्यार्थी डीआईवार्ड वाइन्ड टर्बाइन बनाएका छन् । जसलाई तपाईंले आफ्नो साइकलमा फिट गरेर प्रयोगमा ल्याउन सक्नुहुन्छ । साइकल चलाउँदा टर्बाइन हावाबाट घुम्न थाल्छ र यसबाट निस्कने बिजुलीलाई प्रयोग गरेर मोबाइल चार्ज गरिन्छ । यति भएपछि साइकल चलाएर बतै जाँदा मोबाइलको ब्याट्री सकिँदा भोग्नुपर्ने समस्या भोग्नुपर्दैन ।

यसको निर्माणमा मात्र ५०० रुपैयाँ खर्च गर्नुपर्छ । इन्स्ट्रक्टेबल वेभसाइटमा थोमसले आफ्नो यस्तो टर्बाइन बनाउने विधि समेत बताएका छन् । जसबाट अन्य मानिसहरुले पनि यो प्रविधिलाई प्रयोगमा ल्याएर मोबाइल चार्ज गर्न सकिन्छ ।