महोत्तरीमा विवाहित युवतीलाई बलात्कार गर्न खोज्ने दुई पक्राउ

0 10
महोत्तरी, जेठ ९ – भूकम्पपछि फेरी बलात्कारका घटनाहरु बढीरहेका बेला महोत्तरीमा  एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।

गाउँकै १८ वर्षकी विवाहित एक महिलालाई दुई दिन अघि घरमै गएर बलात्कारको प्रयास गरेका खैरबनी–३ को मिथिलेश राय यादव र अरुणकुमार यादवलाई प्रहरीले आज पक्राउ गरेको हो ।

त्यतिबेला घरमा कोही नभएको मौका छोपेर गएका उनीहरुले बलात्कार गर्न खोज्दा महिलाले गुहार मागेकी थिइन् ।

महिलाले गुहार मागेपछि भागेका उनीहरु दुबैलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइएको प्रहरीको भनाई छ ।