धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर अर्को परकम्प

0 5
काठमाडौं :  शुक्रबार दिउँसो धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर अर्को भूकम्पको गएको छ ।

बैशाखमा आएका दुर्इ ठूला भूकम्पपछि आइरहेका परकम्प अझै रोकिएका छैनन् । दिउँसो २ बजेर ४५ मिनेटमा ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

सो भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा र रसुवासम्म महसुस भएको थियो । यो धक्काबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन ।

बिहीबारमात्रै ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो । साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ ।