एउटा त्रिपाल पाउँदा भावुक भएका बलबहादुर

0 9

काभ्रे, जेठ ८– एक हात नभएका यहाँस्थित फलामेटार–५ का बलबहादुर थिङले राहात कुरेको एक महिना बित्तै लाग्यो । भुकम्पका कारण धेरै मेहिनेत र दुःख कष्ट गरी बनाएको घर पूर्णरुपमा क्षति भएपछि गत बैशाख १२ गते र २९ गते दिन सम्झिदाँ झस्किन्छन् उनी ।

बुधवार नेपाल ब्याग उद्योग संघ काठमाण्डौले ६ घण्टासम्म गाडीमा गएर राहात वितरण गर्ने ठाउँसम्म पुग्दा एक हातमा छाता र बोरा लिइएर बसि रहेका थिए उनी ।
धुलै धुलो भएको कपडा लगाएर राहात लिन आएका बलबहादुर त्रिपालको लागि १० घण्टा हिडेर आएका थिए । बलबहादुर र उनको परिवार अहिले खुला आकास मुनी बस्ने ठाउँ खोज्दै छन् र एक छाक कसले खुवाउलान् भनेर कुर्दै छन् । गत १२ गते आएको भुकम्प र २९ गतेको कपनले उनको घरलाई माटोमा मिलाइदिएको छ । उनले दुःखको आँसु झार्दै मलिलो स्वरमा भने ’अब परिवारलाई कहाँ राख्ने ?कसरी पाल्ने?’ भए जति सबै माटोमा मिसिइसक्यो । ’
सरकारबाट केही राहत सामाग्रीमात्र प्राप्त भए पनि धेरै सहयोग हुने उनले बताए ।
नेपाल ब्याग उद्योग व्यवसाय संघ काठमाण्डौले त्रिपाल एक थान, कम्बल एक थान, सर्ट पाइट एक थान र म्याटेस एकथान दिँदा उनको उनको आँखा भावुक भएर रसाएका थिए । उनले राहत पाएपछि भावुक हुँदै भने, ‘सरकारले हामीलाई अहिलेसम्म केहि नगरेपछि आज तपाईहरुले ठूलो सहयोग गर्नुभयो, थोरै भएपनि आशा जागेको छ ।’
सो क्रममा जिल्लाको दुर्गम डाँडापारि क्षेत्रमा रहेको फलामेटार गाविस र डाँडागाउँ गाविसका ४ सय ३७ जना घरपरिवारलाई संघले राहत रामग्री वितरण गरेको थियो । राहत लिनका लागि उनीहरु १० घन्टाको पैदल यात्रा पार गरेर आएका थिए ।kavre rahat

‘त्रिपाल लिनलाई यति लामो समय कुर्नु परेकोले हामीहरुलाई पिडा त छदै छ अब अस्थायी बास र स्थायी बासका लागि सरकार र सम्बन्धीत निकायसँग कति कुर्नुपर्ने हो ?’ स्थानीय सन्तोष गोलेले भने ।
भूकम्पले घर भत्किएपछि खान र बस्न समस्या भएको भन्दै उनले राहत लिन घण्टौं पैदल हिँडेर आएको बताए ।
‘घरमा खानका लागि केही छैन । छाप्रोमा बसेका छौं । बाबुआमा खाना र राहतको आसमा बसिरहनुभएको होला । पाएको राहात पनि यती लामो बाटो कसरी लैजाने भन्ने चिन्ताले सताएको छ ’ उनले भने ।
भूकम्पबाट दुई गाविसका ९९ सय प्रतिशत घरहरु पूर्ण क्षति भएका छन् भने डाँडागाउँकी ८० वर्षिय साइली मायाँ गोले र फलामेटार–९ का विनोद तितुङले ज्यान गुमाएका थिए ।

यता भुकम्प पिडितहरुले राहात वितरण गरिएको स्थानमै पूर्व राज्य मन्त्रि सूर्यमान दोङ र पूर्व सभासद अकलबहादुर थिङ २ घण्टा घेरामा राखेका छन् ।
डाँडापारिका भुकम्प पिडितले बेलैम राहात नपाएको गुनासो गर्दै आफ्नो समस्या सरकारसम्म पु¥याउन माग गर्दै उनीहरुलाई घेरेका हुन् ।
वर्तमान सभासद रामहरि सुवेदीले समेत वेवास्था गरेको भन्दै आक्रोसित आएका उनीहरुले त्यहाँ पुगेका पूर्व राज्य मन्त्रि र पूर्व सभासदद्धयलाई तत्काल समस्याको समाधान गरिदिन माग गर्दै घर टहरा निर्माणमा समेत सहयोग गरिदिन अनुरोध गरेका थिए ।
सो क्रममा सूर्यमान दोङले चाडैं आफु र आफ्नो पार्टीले सरकारसँग यस क्षेत्रको भुकम्पबाट क्षति अएका घर टहरा र अन्य भौतिक संरचना निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने बचन दिएका थिए ।