गोरखा बजारदेखि बारपाकसम्म जे देखियो

0 7
यस्तो विपत्ति कसैलार्इ आइनपरोस
काठमाडौं‍ : २०७२ बैशाख १२ गते मध्यान्ह १२ बजे बारपाक केन्द्रबिन्दू गएको विनाशकारी भूकम्पले न देख्यो वर्ग, न देख्यो वर्ण, न भन्यो जात, न भन्यो धर्म, न छान्यो धनी, न छान्यो गरिब, न राख्यो गाउँ, न राख्यो शहर ।

सिंगो नेपाल र नेपालीलाई बिपत र आपतमा पारिदियो । धेरै नागरिकलार्इ अंगभंग बनाइदियो । कतिको सिन्दूर पुछिदियो, छोराछोरी टुहुरा भए, हजारौंले ज्यान गुमाए । लाखौं नागरिक सुकुम्बासी भए। न रह्यो टेक्ने लौरो न रह्यो समाउने डालो अब न भेटिने भो बाँस न बज्ने भो बाँसुरी ।

छिनभरमै खबर आयो, मसेलमा मिरा देवकोटा रहनु भएन रे । क्षणको घटना जीवन पर्यान्त पीडा । भूकम्पको यो पीडाले हाम्रो घर क्षणभरमा ध्वस्त बनायो । यही घरको माया ममताले हामीलार्इ छाडेर यही समाज र यही घर भनेर बस्नुभयो ।

आमालाई घरमा एक्लै बस्न गाह्रो भएपछि पटक पटक दाइहरु लिन जाँदा हामी सबैको आमा हुन्, तिमीले लैजान मिल्दैन भनी सयौं आमा २०७१ चैत २६ गते घेरा लाग्नुभयो । हामी रित्तै काठमाण्डौ फर्कियौं, जतिबेला घर गयो, त्यो बेला सबैजना छिमेकी जुटेर आमा लिन आएको भनेर दाइलाई घेराबन्दी गर्नुहुन्थ्यो ।

आमाले यो समाज र घर छाडेर म कतै बस्न सक्दिन भन्नुहुन्थ्यो । अन्ततः त्यही समाज आमाको अन्तिमक्षणका साक्षी बने र घर चिहान । हामीप्रति गरेको लगानी ब्यर्थ बन्यो । हामी सबै परिवार टुहुरो बन्न बिवश भयौं, ममताको दियो मध्यदिनमै निभ्यो, सुर्य अस्तायो, दरिलो खम्बा ढल्यो ..अरु पीडा थपिँदै गए ।

गाउँकै बैनी अस्मिता सीतापाइलामा पुरिइन् ,सरस्वती बैनी बसन्तपुरमा । क्षणभरको घटनाले आठजना दिबंगत भैसकेछन् । भूकम्पले झण्डै ८ हजार ५ सयको ज्यान गएको छ भने १७ हजार भन्दा धेरै घाइते भएका छन्। चार लाख १७ हजार भन्दा धेरै घर नष्ट ।

गोरखामामात्रै चार सय ४० को मृत्यु भएको छ । आज हामी पनि यही आँकलनभित्र छौं । गाउँमा रहँदा तीर्थराज वस्तीले पुर्पुरोमा हात राख्दै भकारीमा ६ महिनासम्म पुग्ने धान थियो, निकालुँला भन्दाभन्दै चौथो दिनको परकाम्पन्ले माटोमा मिलाइदियो भन्दै भक्कानिएको सम्झिरहेछु ।

अर्का पीडित राकेश रम्तेलले पनि ४/५ वर्ष परदेशमा बसेर कमाएको ८ लाख पैसाले घर बनाए । बैशाख १३ गते घरपैंचो गर्ने भनेको १२ गते नै यस्तो हालत बनाइदियो । घर भत्केपछि उनी दिमागले काम गर्न छोडिसक्यो भन्दै सँग दुखसुख साट्ने जमर्को गरिरहेका थिए ।

अर्का राद्दल बयलकोटीको पनि पीडा त्यस्तै छ ।घरमात्रै भात्किए गोरखाका अधिकांश गाउँका बजार र बस्तीहरु ध्वस्त नै छन्। हामीमात्रै टुहुरा भएका होइनौँ, टुहुरा धरै भएका छन् । सिन्दुर धरैको पुछिएको छ । अब हामीले नै पीडाका आँसु बगाईरहने हो भने झन् कोमल मन हुनेहरुले के गर्लान ? मुटुलाई किचेर आँसुलाई दबाएर भने पनि शब्दमा उतार्ने जमर्को गर्ने जर्मको गर्दै बारपाकसम्म पुग्ने निर्णय गरेँ ।

ठुलीआमालाई अन्तिम श्रद्धाञ्जली चढाई बुढा बा, आमा र बुढी आमैलार्इ कटेरोमा सारेर फरिकाले छेकबार गरी काठमाडौँ फर्किएँ । सदरमुकामदेखि केन्द्रबिन्दु सम्म पुग्नु त्यति सहज थिएन । यो बिपत्तिमा यो सङ्कटग्रस्त क्षणमा, न गाडीमा बारपाकसम्म पुग्न त्यति सहज थियो न त हेलिकप्टर चढ्ने औकात नै ।

अनलाइन पत्रिकाको सम्बाददाता जसले उधारोमा हाँसीखुशी परिवारमा रमाउने कोसिस गर्छ, एक सयले महिनौ धकेलिदिन्छ, हजारमा तलब थाप्छ र लाखौँ लाखको समाचार लेख्छ, कहिलेकाहींत त्यही हजार पनि नआइदिँदा अलपत्रकार भैदिने।

ढुङ्गा खोज्दा देवता मिलेको हुनुपर्छ, समाजसेबी प्रकाशचन्द्र दवाडी र एनआरएन कान्सार्इका कोषाध्यक्ष भूमिराज दवाडीले गोर्खाको उत्तरी भेगमा राहत सामग्री लैजाँदै गर्दा मेरो सहभागितामा मैले सहयोगी भूमिका पनि खेल्न सक्ने र रिपोर्टिंङ पनि हुने भएकोले सँगै जाने खबर गरेपछि बैशाख २९ गते हिमालयन टीभीका पत्रकार ज्ञानेन्द्र पौडेल र म सँगै मिसियौं ।

केही घन्टाको यात्रामा सदरमुकाम पुगेपछि उहाँहरु राहतको सामाग्रीको चाँजोपाँजोतिर लाग्नुभयो भने हामी सदरमुकामको रंगशालातिर लाग्यौं । जहाँ २ ओटा हवाइजहज करिब १० मिनेटको अन्तरालमा राहत सामाग्रीहरु गोर्खाका बिकट गाउँ बारपाक, लाप्राक, गुम्दा र अन्य गाउँमा ओसारिरहेका थिए ।

त्यहाँको गतिविधि हेर्दा लाग्थ्यो पीडित जनताको पक्षमा नै सरकारले काम गरिरहेको छ । जनताको सेवाको लागि नतमत्सक छैन, आफुले सकेको श्रोत र साधान प्रयोग गरिरहेको छ ।, देशका सुरक्षर्मीहरु उत्तिकै खटिरहेका छन् । राहत सामाग्रीहरुको खात माथि खात छन् ।

सदरमुकाममा राहतका गाडीहरु मनग्ये कुदिरहेका छन् । हामी बजारको बीच सडक पुग्नेबित्तिकै दोलखा केन्द्र बिन्दू बनार्इ ७.३ रेक्टर स्केलको अर्को विनाशकारी भूकम्प गयो । बजारका मानिसहरु आकुलब्याकुल हुँदै सडकमा ओर्लिए, अर्को कोलाहल थपियो फेरि बिपत्तिमाथि महाबिपत्ति देशलाई !

केहीबेरमै सुनियो गोरखाको ताकुमा एक बृद्धाको धन्सारले किचेर मृत्यु, काठमाडौँको नयाँ बजारमा घर ढल्यो, अरु फेरि दिबंगत भए, सयौं सय घाइते भए । हामी अब भने साँचिकै डरायौं, फर्कने वा यात्रा बढाउने ? मर्नु छ भने समाज सेवा गरेरै मरौं दाइले भनेपछि हामी पनि जोस्सियौं । र, लाग्यौं १२ किलोबाट ओरालो हुँदै त्यसका छेउछाउका गाउँहरु श्रीनाथकोट, गाँखु, मुचोक, जौबारी हुँदै हामी सिम्जुङ्ग्को भचेक बजार, जौबारी पुग्दा दुखका खबरहरु फेरि थपिए ।

दिउँसो आएको भूकम्पले हृदयघात भै हिरा गुरुङको निधन भएछ। घरहरु ध्वस्त थिए । राहात लिनेहरुको गाविस कार्यलायहरुमा घुइँचो थियो । सडकमा राहातका लागि पर्खनेहरु कति कति, गाउँका सचिवलाई जुत्ताको माला लगाउनु पर्छ भनेर उफ्रिनेहरु पनि थुप्रै । सुनियो राहत बितरणमा राजनीतिकरण गरियो, कसैलाई काखा कसैलाई पाखा गरियो ।

भचेक पुग्दा रातको १२ बजिसकेको थियो । स्वास्थ्य चौकीमा गाँस बास र कपासका लागि त्यहीं कार्यरत सुरेश दवाडीले ब्यवस्था मिलाईदिनुभो । फुर्तिला, पातला र मिजासिला सुरेश सरलाई हाम्रो टिम धन्यबाद नदिइरहन सक्दैन ।

बिहानै भचेकका भूकम्प पीडितलाई दाल, चामल, लुगा, औषधि र त्यहाँका सरकारी बिद्यालयलाई जस्तापाता बितरण गरेर तोया राज गुरुङको घरमा पुग्दा त्यहाँका बजार निमिट्यान्न थिए । लाग्थ्यो ध्वस्त हिरोसिमा र नागासाकी जस्तै । जरैदेखि उखेलिएका घर हेर्दै गुरुङ यहाँ स्टेसनरी पसल थियो अस्तिमात्र ७ लाखको सामान राखेको भूकम्पले ध्वस्त बनाइदियो भन्दै मलिन देखिए।

गुरुङ अहिले स्कुलको क्यान्टिनमा गुजारा चलाईरहेका छन् । वरिपरी खेलिरहेकी यू केजीमा पढ्ने सात वर्षीया इच्छु गुरुङ अङ्कल मेरो त स्कुल जाने नयाँ ब्याग नै पुरियो भन्दै हामी नजिक आइन् ।

भचेकबाट ओरालो लागेपछि बारपाक पुग्दासम्म त्यहाँको स्थिति हेर्ने हो भने कहाली लाग्दो छ, व्याखा गरेर साध्य छैन। सिम्जुंगका गाउँहरु मल्ले, फलफु, बाँझे र झ्याल्ला हेर्दा मरभूमि जस्तै लाग्छ । फलफुकी एक दलित आमाले राहतको चामल त टोकीरा छौं नानी तर घरमा पुरिएको चार पाथी कोदो निकाल्न हामीलाई आग्रह गरिन् ।

मल्ले गाउँमा पुग्दा आमाहरु पालमुनि बसिरहेका थिए, चुरोटको धुवाँसँगै कहिले उड्ने हो जिन्दगी भन्दै चिन्तित देखिन्थे । भूकम्प गएदेखि नै न भोक छ न निन्द्रा छ नानी बिपतमा परियो भन्दै थिए। त्यहाँबाट फेरि तल ओर्लिंदा पोखराटार सानो गाउँ, जहाँ १२ जनाको निधन भएको रहेछ।

हेर्दा लाग्छ ती ढुङ्गा र माटोमा बारपाकीहरु मात्रै पुरिएका होइनन् । एउटा सिंगो राष्ट्र नै पुरिएको छ । पहाडहरु चिराचिरा भएका छन् । वर्षा हुनेबितिक्कै अर्को प्रलय हुने डर स्थानीयमा यथावत नै छ ।
मृतक परिवारका रामकाजीसँग कुरा गर्ने कुनै शब्द नै आएन । गाउँ पुरै शोकमा डुबेको छ त्यहाँका मुटुहरु चिथोरिएका छन् , निचोरिएका छन् । यो गाउँ बारापाकपछिको दोस्रो धेरै क्षति भएको गाउँ होला। दरौंदीको बगरनजिकै रहेको बालुवा बजार पुग्दा त्यहाँका घरहरु बालुवासँगै मिसिएका थिए ।

बालुवा बजारकै एक प्रतिनिधि बुद्धिमान तमाङ्गसँग कुरा गर्दा नसोचेको भयो अब के गर्ने ? कहाँ बस्ने ? माथिबाट पहिरो खसिरहेको छ, हामीलाई त झन् अर्को बिपत्ति पर्ने भयो भन्दै चिन्तित देखिए । बिपत्तिमाथिको बिपत्ति पारीडाँडामा हेर्दा छर्लंग देखिन्छ पहिरो धेरै गएका छन् ।

बालुवापछि सिमल सोतर, रुङ्ग रुङ्ग, मान्द्रे पुग्दा साँझ पर्ने लागेको थियो । त्यहाँ १४ सय घरधुरीको एउटै गाउँ छ । ढुंगामाटोले बनेका, काठ र फराकिला ढुंगाले छाएका घर । सबै आँगनमा ढुंगा छापिएको, गल्लीहरु पनि ढुंगा छापिएको र सफा गरेर चिटिक्क पारिएको।

गाउँनजिकैको डाँडामा वौद्ध गुम्बा थियो। लघु जलविद्युतले २४ घण्टा नै झलमल थियो। अब वारपाक त्यस्तो रहेन। हेर्दा लाग्छ ती ढुङ्गा र माटोमा बारपाकीहरु मात्रै पुरिएका होइनन् । एउटा सिंगो राष्ट्र नै पुरिएको छ । पहाडहरु चिराचिरा भएका छन् ।

वर्षा हुनेबितिक्कै अर्को प्रलय हुने डर स्थानीयमा यथावत नै छ । भूकम्पबाट बारपाकमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ वर्षमुनिका बालबालिका र बुढाबुढी धेरै छन्। बाँच्ने पनि पालमुनिको बसाइ कस्टकर छ ।

चिसोले थलिएर बिरामी पर्न थालिसकेको स्थानीय बताउँछन् । बारपाक जाने बाटो खुलेपछि त्यहाँका स्थानीयहरु थप राहात आउनेमा आशाबादी छन् । बारपाकका बासिन्दा अहिले खुला ठाउँमा पालमुनि बसोवास गरिरहेका छन्। आफ्नै घरमा बस्न मिल्ने अवस्थामा कोही पनि छैनन् ,ढुंगा र काठबाट बनेका घर त कुनै पनि बाँकी छैनन्।

पिलर उठाएर बनाएको घर पनि सुरक्षित छैन । त्यसैले सबै पालमुनि बसेका छन्। पालमुनि बस्नेहरुले भत्किएको घरबाट निकालिएको कोदो, मकै र चामल खाएर गुजारा चलाईरहेका छन् भने आएका केही राहात सामग्रीले पनि थप मद्दत गरिरहेको छ । हामी सबै मिलेर अब प्रार्थना गरौँ देशले फेरि यस्तो बिपत्ति कहिले भोग्नुनपरोस् ।

बालुवापछि सिमल सोतार, रुङ्ग रुङ्ग, मान्द्रे पुग्दा साँझ पर्ने लागेको थियो । त्यहाँ १४ सय घरधुरीको एउटै गाउँ छ । ढुंगामाटोले बनेका, काठ र फराकिला ढुंगाले छाएका घर । सबै आँगनमा ढुंगा छापिएको, गल्लीहरु सफा गरेर चिटिक्क पारिएको।

 
गाउँनजिकैको डाँडामा वौद्ध गुम्बा थियो। विश्वमा नेपालको पहिचान दिन सफल भीसी गजे घलेको गाउँ भनेर चिनिने नेपालकै नमूना ऐतिहासिक सुन्दर पर्यटकीय गाउँ बारपाकको सुन्दरताले जो कसैलाई लोभ्याएको थियो ।

बारपाक जिल्ला सदरमुकाम गोरखाबाट करिब १८ कोष टाढा र समुन्द्र सतहदेखि २ हजार २२ सय मीटरको उचाईमा छ । बौद्ध हिमालको काखमा रहेको बारपाक उतरमा लाप्राक, दक्षिणमा सौरपानी,पूर्वमा गुम्दा र पश्चिममा घ्याचोक गाविससम्म फैलिएको छ ।

पूरै देश लोडसेडिङको समस्याले आक्रान्त बनेकोबेला गोरखाको यो पर्यटकीय गाउँमा भने विसं २०४८ देखि नै विद्युत धेरै उत्पादन भएको थियो । स्थानीय उद्यमी वीरबहादुर घलेले साना जलविद्युत्बाट पहिलोपल्ट बारपाकमा बिजुली बाले।वारपाक गाउँमा घले र गुरुङ समुदायको वाक्लो वसोवास छ। बाक्लो बस्ति एकै किसिमका घर र टहरा हरु यहाँको आफ्नै विशेषता हो।

बारपाक आफैमा रमणीय गाउँ हो भने पर्यटकीय क्षेत्र रुपीनाला, नारद पोखरी र उत्तरी गोरखाको मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकहरु वारपाककै बाटो भएर अघि बढ्नुपर्छ। पछिल्ला केही वर्षयता वारपाकको विषयमा भएको प्रचार प्रसारले यो गाउँ घुम्न र बस्न लायक हुँदै पर्यटकीय गाउँमै परिणत भयको थियो । अब वारपाक त्यस्तो रहेन।

हेर्दा लाग्छ ती ढुङ्गा र माटोमा बारपाकीहरु मात्रै पुरिएका होइनन् । एउटा सिंगो राष्ट्र नै पुरिएको छ । पहाडहरु चिराचिरा भएका छन् । वर्षा हुनेबितिक्कै अर्को प्रलय हुने डर स्थानीयमा यथावत नै छ । भूकम्पबाट बारपाकमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ।

यहाँका एकाध पक्की घरबाहेक सबै घरहरु भत्किएका छन् । मृत्यु हुनेमा ५ वर्षमुनिका बालबालिका र बुढाबुढी धेरै छन्। बाँच्नेलाइ पनि पालमुनिको बसाइ कस्टकर छ । चिसोले थलिएर बिरामी पर्न थालिसकेको स्थानीय बताउँछन् । बारपाक जाने बाटो खुलेपछि त्यहाँका स्थानीयहरु थप राहात आउनेमा आशाबादी छन् ।

बारपाकका बासिन्दा अहिले खुला ठाउँमा पालमुनि बसोवास गरिरहेका छन्। आज बारपाकको स्थिति दयनीय छ । कांग्रेस जिल्ला सभापति बारपाककै हरि घलेसँग कुरा गर्दा उहाँले हामीलाई अब हुन सक्ने थप बिपतबारे मिडिया कभरेज गर्न आग्रह गर्नुभयो ।

‘११ किलो भाल्स्वाँरा बाटो र सरकारी पहलमा सरकारी राहात र अन्य सँघ संस्थाका राहात बारपाकको बाटो खुलेपछि केही भएपनि सोतीभन्दा माथि भिर्कुना र माझी खोला जोड्ने बाटो बनाउन ५० जना आर्मी र स्थानीय लागि पर्दा पनि बाटो खुलाउन सफल भएका छैनन्’, बारपाकको स्थितिबारे उनले भने, ‘गण्डकीको तिरैतिर मान्छे हिड्ने बाटो वा खच्चड हिँड्ने बाटो खुलाउन सकिएन भने सोतीमाथिका १० गाउँमा भोकमरी हुन सक्ने खतरा छ । अर्को महाबिपत्ति आइपर्ने अवस्था छ।’

बारपाकलार्इ नियालेर हेर्दा घरमा बस्न मिल्ने अवस्थामा कोही पनि छैनन्, ढुंगा र काठबाट बनेका घर त कुनै पनि बाँकी छैनन्। पिलर उठाएर बनाएका घर पनि सुरक्षित छैनन् । त्यसैले सबै पालमुनि बसेका छन्।

पालमुनि बस्नेहरुले भत्किएको घरबाट निकालिएको कोदो,  मकै र चामल खाएर गुजारा गरिरहेका छन् । आएका केही राहात सामग्रीले पनि थप मद्दत गरिरहेको छ । हामी सबै मिलेर अब प्रार्थना गरौँ देशले फेरि यस्तो बिपत्ति कहिले भोग्नुनपरोस् ।

– See more at: http://annapurnapost.com/News.aspx/story/12101#sthash.lHivW3hf.dpuf