भूकम्पपीडितलार्इ दुर्इ प्रतिशत ब्याजमा ऋण

0 2
काठमडौं : विनाशकारी भूकम्पले घर भत्किएकाहरुलार्इ सरकारले दुर्इ प्रतिशत ब्याजमा अधिकतम १० वर्षका लागि ऋण उपलब्ध गराउने भएको छ ।भूकम्पपीडितलार्इ उपलब्ध गराउने पुनर्कर्जा प्रयोजनाका लागि तयार पारिएको मस्यौदा कार्यबिधि नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको हो ।

भूकम्पपीडितलार्इ सस्तो दरमा उपलब्ध गराउने पुनर्कर्जासम्बन्धी मस्यौदा सार्वजनिक गर्द राष्ट्र बैंकले त्यसबारे आवश्क सुझाव र प्रतिक्रिया उपलब्ध गराउन सर्वसाधरणलार्इ आग्रह गरेको छ । राष्ट्र बैंक सुझाव संकलन गरिसकेपछि केही सातामै कार्यविधि सार्वजनिक गर्ने पनि जानकारी दिएको छ ।

कार्यविधिको मस्यौदामा उल्लेख भएअनुसार काठमाडौं उपत्यका भित्रका भूकम्पपीडितले घर पुन:निर्माण गर्न २५ लाख र उपत्यकाबाहिरकाले १५ लाख रुपैयाँ सस्तो दरको ऋण पाउने छन् ।

राष्ट्र बैंकले यो कर्जा भूकम्पले क्षतिग्रस्त भएर बस्नै नहुने घरका धनीलार्इ मात्र दिने भएको छ । जसअनुसार यो कर्जाका लागि घर बनाउनेले अधिकतम दुर्इ प्रतिशतसम्म ब्याज तिर्नेपर्ने छ । त्यसका लागि राष्ट्र बैंकले शून्य व्याजदरमा पुनर्कर्जा उपलब्ध गराउने भएको छ ।

यो ऋण लिनेहरुले न्यूनतम ५ देखि अधिकतम १० वर्षसम्ममा तिरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । ऋणिले अग्रिम भुक्तानी गर्न चाहेमा सरकाले अग्रीम भुक्तानी शुल्क नलिने भएको छ ।

राष्ट्र बैंकले पुनर्कर्जा सुविधा एक पटकको लागि सरकारको सहमतिमा बढीमा एक वर्षका लागि मात्र प्रदान गर्ने भएको छ । तर यो प्रक्रियालार्इ बढाउँदै लान सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ । तर यो ऋण लिँदा बनाइने घर सरकारले तोकेअनुसारको राष्ट्रिय भूकम्प संहिता अनुसारको तथा भूकम्प प्रतिरोधी हुनुपर्ने शर्त छ ।

भूकम्पपीडितले ऋण लिँदा उसको नाममा तथा उसका परिवारको नाममा अर्को आवासीय घर समेत नभएको हुनुपर्ने कार्यविधिको मस्यौदामा उल्लेख छ । ऋण लिनका लागि आफू बसोबास गरेको गाविस र नगरपालिकाबाट आवासीय घर क्षतिग्रस्त भएको प्रमाणित गराउनुपर्ने शर्त कार्यविधिको मस्यौदामा राखिएको छ ।

यस्तो छ ऋणका लागि राष्ट्र बैंकको शर्त
-Source: Annapurna post