फेरि भूकम्पको धक्का

0 4
काठमाडौंः नेपालमा बिहीबार साँझ भूकम्पको धक्का महशुस भएको छ ।  साझँ ७ बजेर ३० मिनेटमा धादिङलाई केन्द्रबिन्दु बनाएर ४ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि आज दिउँसै २ बजेर ११ मिनेट र ५६ मिनेटमा दोलखा र नुवाकोटलाई केन्द्रविन्दु  बनाएर ४.२ र ४ म्‍याग्‍निच्‍यूडको पराकम्‍पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।