भूकम्‍पको पराकम्‍पनले फेरि हल्‍लायो

0 10
काठमाडौं: नेपालमा बिहीबार दिउँसो दुई पटक भूकम्पको पराकम्‍पन महसुस भएको छ। दिउँसो २ बजेर ५६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्का महसुसस भएको हो ।

यसअघि बिहीबार दिउँसै २ बजेर ११ मिनेटमा दोलखालाई केन्द्रविन्दु  बनाएर ४.२ म्‍याग्‍निच्‍यूडको पराकम्‍पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

 यसअघि बुधबार काठमाडौंलाई केन्द्रविन्दु बनाएर ४.४ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का महसुस भएको थियो।