काठमाडौं, अब कस्तो ?

0 2

प्रधानमन्त्री हुदाँ राजधानीमा सडक विस्तारको हिम्मत गरेका डाक्टर बाबुराम भट्टराई नियम मिचेर अग्लिएका घरलाई पनि आकारमा ल्याउने समय आएको ठान्छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्दराज पोखरेललाइए पनि सानो मेहनत गर्ने हो भने काठमाडौंलाई व्यवस्थित र सुरक्षित बनाउन सकिने लाग्छ ।

अब उपत्यकामा व्यक्तिगत प्रयोजनमा १६ फिट र व्यावसायिकमा ३२ फिट सडक हुनैपर्ने उनको प्रस्ताव छ ।

सडकै कारण सडक बिग्रिएको छ उनले भने त्यसमा कडाइ गर्नासाथ त्यसमा कुरा ठाउँमा आउँछन् ।

योजनाविदहरुले काठमाडौंको कोर क्षेत्रलाई भरपर्दो मर्मत गरेर त्यही अवस्थामा रहन दिने । नयाँ व्यापारिक प्रयोजनमा नखोल्ने प्रस्ताव गरेका छन् ।

बाँकी भागका संरचना एवम बाटाघाटालाई नक्सा र मापदण्डमा ढाल्ने, सरकारी स्ट्यान्डन्ड ल्याउने, वरिपरि स्याटलाइट सहर बनाउने । कम जनसम्पर्क हुने सरकारी कार्यालयलाई त्यता स्थानान्तरण गर्ने, संस्था , व्यक्ति आदिका नाममा सार्वजनिक जग्गा दिन पुरै बन्द गर्ने, व्यापारिक राजधानी अन्यन्त्र सार्ने, कडा कानुन बनाउन उनीहरुले सुझाव दिएका छन् ।