अपहरितबाटै दुर्इ अपहरणकारीको हत्या

0 4
अपहरितले नै खोले घटनाको रहस्य
रोल्पा : रोल्पामा अपहरणमा परेकाबाटै अपहरणकारी दुई युवाको हत्या भएको छ । इरिबाङ–३ सुकिदहस्थित जंगलबीचको गोठमा हत्या गरी फालिएको शव वैशाख १९ गते प्रहरीले फेला पारेपछि घटनाको रहस्य खुलेको हो ।

अपहरणकर्ता दुई र अपहरणकारीको हत्या गरेको आरोपमा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

अपहरणपछि भाग्न सफल भएको भन्दै तीन युवा प्रहरीको सम्पर्कमा आएपछि अपहरणकारीको खोजी गर्दै जाँदा अनकन्टार जंगलबीचको गोठमा दुई शव प्रहरीले फेला पारेको थियो ।

शव भेटिएको भोलिपल्ट प्रहरीले अपहरणकारीमध्येका दुईलाई पक्राउ गरेको थियो । अपहरणकारीमध्येका विजौरी–६ हापुर दाङका ३५ वर्षीय राजेश खड्का भनिने राजेश गुप्ता र तालाबाङ–६ का ३१ वर्षीय हिमाल पुन भनिने गणेशकुमार घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक रमेश थापाका अनुसार प्रारम्भीक अनुसन्धानबाट अपहरण गर्ने योजनाको नाइके गुप्ता भएको खुलेको छ ।

अपरहरण, शरीर बन्धक र फिरौती असुल्दै आएका गुप्तासहित गणेश र हत्या गरिएका तालाबाङ–६ का १९ वर्षीय १९ का दिनेशकुमार घर्तीमगर र वर्ष २४ वर्षीय दिनेश घर्तीमगर अपहरणकर्ता भएको प्रहरीले बताएको छ ।


अपहरणका आरोपी गणेशकुमार घर्तीमगर र राजेश गुप्ता
अपरहणपछि बन्धक बनाइएका वेला भाग्न सफल भनिएका बुटवल उपमहानगरपालिका–६ रुपन्देहीका ३५ वर्षीय बीरबहादुर सुनार, तिलोत्तमा नपा–१८ का ३४ वर्षीय ऋषिकुमार श्रेष्ठ र अमरौड–९ नवलपरासी घर भई भैरहवा बस्दै आएका २३ वर्षीय गुमानसिंह गुरुङले आफूहरुलाई उनीहरु चारैजनाले अपरहरण गरेको जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा अपरहणपछि बन्धक बनाई फिरौती मागिएको लोकेशनतर्पm इरिबाङ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट सर्च थालिएको थियो । सर्चकाक्रममा गोठमा शव फेला परेका थिए ।

अपहरणमा संलग्न राजेश र गणेश सदरमुकाम लिबाङस्थित बैंकमा फिरौती निकाल्न गएका बेला बाँकी दुईजनाले अपहरितलाई रुँघेर बसेको अवस्थामा उनीहरुको हत्या भएको हो ।

‘बन्धक बनाइएको बेला भाग्न सफल भएको बताउने उनीहरुले नाटक गरेका रहेछन’, प्रनाउ थापा भन्छन, ‘हत्या गरेर भागेपछि उनीहरु प्रहरीमा निर्दोष बन्न आएका अनुसन्धानबाट खुलेको छ ।’

बन्धक बनाइएका बेला भागेका भनिएका तीनै युवाले आफ्नो छोराहरुको हत्या गरेको किटानी जाहेरी मृतकद्वयका बुवाहरुले बैशाख ३० गते दिएका थिए । किटानी जाहेरीपश्चात उनीहरु प्रहरी नियन्त्रणमा छन् । अपहरणका आरोपी र अपहरणकारीको हत्यामा संलग्नलाई जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शेखरजंग मल्ल बताउछन ।

यसरी खुल्यो रहस्य
अपहरणपछि वन्धक बनाइएका भनिएका तीन युवा जेठ १६ गते विहान साढे पाँच बजे इरिबाङको ओवाङ प्रहरी चौकीमा आएका थिए । उनीहरुले जडिबुटी र पुराना मालसामानको व्यापार गर्ने आफुहरुलाई अपहरण गरी करोडौं फिरौती लगेको प्रहरीलाई बताएका थिए ।

उनीहरुले आफूहरुलाई अपहरणकारीले लाठीले कुटपिट गरेको बताएका थिए । उनीहरुमध्ये ऋषिकुमार र बीरबहादुर घाइतेसमेत थिए । बीरबहादुर र गुमानसिंहलाई जडिबुडी र पुराना माल लिन बोलाई बन्धक बनाएको प्रहरीलाई बताएका थिए ।

बन्धक बनाइएकाबाटै ऋषिकुमारलाई फोन गरी माल राम्रो भएकोले १५ लाख लिएर रोल्पा आउन भन्न लगाएको बयान उनीहरुले प्रहरीमा दिएका खुलेको छ । घर्तीगाउँ हुँदै इरिबाङमा १५ लाख लगेपछि आफूलाई बन्धक बनाएको ऋषिकुमारले प्रहरीलाई जानकारी दिएका थिए ।


अपहरणकारीको हत्यामा संलग्न ऋषिकुमार श्रेष्ठ, बीरबहादुर सुनार र गुुमानसिंह गुरुङ
अपहरणकारीले मागेको थप एक करोड फिरौती दिन नसक्ने भनेपछि पाँच लाख रुपैयाँ आईएमईबाट मगाएमा मुक्त गर्ने भनेको समेत उनीहरुले प्रहरीलाई बताएक हुन् । सोही पाँच लाख रुपैयाँ निकाल्न दुई युवा बजार गएको समयमा आफुहरुलाई कुर्ने अन्य दुई युवा राति निदाएका बेला भाग्न सफल भएको उनीहरुले बताएका थिए ।

ओवाङ इलाका प्रहरी चौकीका इन्चार्जले अपहरणपछि भागेका भनिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पु¥याएका थिए । जाहेरीपछि उनीहरु रातारात गाडी रिजर्भ गरी घर गएका थिए ।

जिल्लामा अपहरण, बन्धक र यति ठूलो रकम फिरौतीको घटनाले झस्किएको प्रहरी बन्धक बनाइएको स्थलतर्पm परिचालित भएको थियो ।

फिरौती मागेकोबारे प्रहरीले थाहा पाएपछि आईएमईमा पठाइएको कोड नम्बर लिएर आउनेलाई पक्राउ गर्ने गरी प्रहरी तैनाथ भएको थियो ।

फिरौती निकाल्न हिँडेका राजेश र गणेश भने सदरमुकाम आएनन् । उनीहरुले सदरमुकामकी एक होटेल सञ्चालिकालाई आफुहरुको नागरिकता नभएकाले पैसा उनकै नाममा पठाउन लगाउने योजना उनीहरुले बनाएका थिए ।

ती महिलाले रकम निकाल्न जाँदा प्रहरीले निगरानी गरेको थियो । महिला प्रहरी निगरानीमा परेपछि राजेश र गणेश छिमेकी जिल्ला प्यूठानको भिंगृ र स्वर्गद्वारी हुँदै भागेका थिए । उनीहरुलाई प्रहरीले दाङ र नेपालगञ्जबाट पक्राउ गर्न सफल भएको छ ।

यसरी भएको थियो अपहरण
पक्राउ परेका राजेश र गणेशले चारजनाले मात्र अपहरण गरेको बताएका छन । दुईजना कुरेर बसेकालार्ई अपहरणमा परेका युवकले हत्या गरेको बताएका छन ।

उनीहरुको बयानअनुसार जेठ ११ गते घर्तीगाउँस्थित चन्द्रा होटेलबाट जुडिबुटी र पुराना सामान देखाउन भन्दै बीरबहादुरलाई राजेश र गणेशले लु ११ प ६९८२ को मोटरसाईकलमा राखेर जंगलमा लगेका थिए ।

जेठ १४ गते घर्तीगाउँ ओटाली होटेल नजिकबाट ऋषिकुमार र गुमानसिंहलाई राजेश र दुई दिनेशले जंगल लगेको खुलेको छ ।

आफुहरु फिरौती रकम निकाल्न लिबाङ आएको प्रहरीले थाहा पाएपछि भागेको उनीहरुले बताएका छन् । सदरमुकामा आएका उनीहरु त्यसपछि जंगलमा फर्कन पाएनन् ।

प्रहरीले उनीहरुले प्रयोग गरेको मोटरसाइकल भिंगृबाट बरामद गरेको छ । ऋषिकुमारबाट लुटिएको १ तोला ४६ लालको सुनको सिक्री लालमटिया–३ दाङस्थित गायत्री केसीको घरबाट प्रहरीले फेला पारेको छ ।


अपहरितबाटै हत्या गरिएका युवा दिनेशको शव  बुझ्दै आफन्त
अनुसन्धान क्रममा अपहरणका नाइके भनिएका राजेश दाङ, नेपालगञ्ज, बुटवल, काठमाडौं र भारतमा समेत बन्धक र फिरौती काण्डका योजनाकार रहेको खुलेको प्रहरीको भनाइ छ । उनैको योजनामा गणेश र दुई दिनेश सम्मिलित समूहले व्यापारीको अपरहण गरेको हो ।

अपहरणपछि बन्धक भएकै बेला अपहरणकारी युवाका हत्या आरोपी ऋषिकुमारको समूह पनि अपराधिक घटनामा संलग्न रहेको खुलेको छ ।

ऋषिकुमार उनकै बुवा र आमाको हत्यामा जेल सजाय भोगीसकेका व्यक्ति हुन् । बीरबहादुर सुनार पनि मानव बेचविखनसम्बन्धी मुद्धामा अपराधी सावित भइसकेका मानिस हुन् ।

दुई नम्बरी धन्दामा संलग्न उनीहरुलाई राजेशको समूहले अपहरण गरी फिरौती माग्ने धन्दा गराएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । ‘घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ’, पत्रकारसँग प्रनाउ थापाले भने ।

– Source: Annapurna Post