पूर्वमहारानी रत्नको पनि टहरामै बास

0 5

भूकम्पले पूर्व मुमाबडामहारानी रत्नलाई समेत टहराको बास बनाइदिएको छ । भूकम्पले नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मञ्जिललाई चिराचिरा पारेपछि सँगै रहेको टहरामा उनी सरेकी हुन् । सो टहरा पनि राजा महेन्द्रले भजन, कीर्तनका लागि निर्माण गरेका थिए । त्यस टहरामा रहेका तबला, हार्मोनियम लगायतका सामग्री पन्छाएर उनको अस्थायी निवास बनाइएको छ ।   महेन्द्र मञ्जिल भत्काउनुपर्ने अवस्था बनेपछि ज्ञानेन्द्रले उनलाई तीन पटकसम्म घरमा लैजान आएका थिए तर उनी जान मानिनन् ।   महेन्द्र मञ्जिल राजा महेन्द्र १८ वर्षको छँदा निर्माण गरिएको थियो । पूर्व मुमाबडामहारानी रत्न ८७ वर्षकी छन् । त्यसबेला नै सो भवनले ८ रेक्टर स्केलको भूकम्प सजिलै धान्न सक्ने भनिएको थियो ।   तत्कालिन प्रधानमन्त्री रणोद्दिप सिंहले निर्माण गर्न लगाएको दरबार, राजा त्रिभुवनको रानी सरलाको दरबार पूर्ण रुपमा भत्किएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।